मधेस केन्द्रित दलका नेताहरूको दौडाधुप सुरु
१८ प्रतिशत स्थानीय तह ओगटेको मधेस प्रदेशमा तराई/मधेस केन्द्रित दलका नेताहरूको दौडाधुप सुरु भएको छ। ७ सय ५३ स्थानीय तहमध्ये १ सय ३६ स्थानीय तह मधेस प्रदेशमा छन् । त्यसैले मधेसकेन्द्रित दलका नेताहरू मधेसका बढी भन्दा बढी स्थानीय तहमा विजयी हुन विभिन्न रणनीति बनाई सक्रिय भएका छन्।
अहिले तराई/मधेसकेन्द्रित दलका धेरैजसो नेता मधेसका विभिन्न जिल्लामा छन्। पार्टीका शीर्ष नेताहरू काम विशेषले काठमाडौं आए पनि एक या दुई दिन मात्र काठमाडौं बस्ने गरेका छन् । उनीहरू पुनः मधेसमै फर्कने गरेका छन्। यहाँसम्म कि भरखरै पार्टी खोलेका जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठी पनि लामो समयदेखि मधेसमै छन् । जनता समाजवादी पार्टीले आफ्ना सबै केन्द्रीय सदस्यहरूलाई चुनाव सम्पन्न नभएसम्म अनिवार्य आफ्नो पालिकामा बस्न उर्दी जारी गरेको छ।
यसैगरी, लोकतान्त्रिक समाजवादी पार्टीका सबैजसो शीर्ष नेताहरू शरत्सिंह भण्डारी, अनिल झा, सर्वेन्द्रनाथ शुक्ल अहिले मधेसमै छन्। लोसपाका नेता राजेन्द्र महतो शुक्रबार राति जनकपुरबाट काठमाडौं आए। शनिबार एक दिन मात्र काठमाडौं बसेर आइतबार बिहानै उनी पुनः जनकपुर फर्कने भएका छन् । आजको नागरिक दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण