मनोज गजुरेलले टुँडिखेलमा दर्शक हसाउने
चर्चित हास्य कलाकार मनोज गजुरेलले टुँडिखेलमा दर्शक हसाउने भएका छन् । गजुरेलले नयाँ वर्ष २०७९ को पहिलो दिन अर्थात वैशाख १ गते काठमाडौंको टुँडिखेलमा आयोजना हुने ‘सेलेब्रेसन’ कार्यक्रममा विभिन्न हास्य प्रस्तुति दिने भएका हुन् ।
ओम नेपाल मिडिया र ओशो तपोवनको सहकार्यमा आयोजना हुने कार्यक्रममा ध्यान, संगीतिक प्रस्तुति, नृत्य लगायत विभिन्न प्रस्तुति रहने आयोजक पक्षले जनाएको छ । ‘गायन, नृत्य र ध्यानसँगै नयाँ वर्ष मनाउनु बिगतको भन्दा बेग्लै अनुभव हुनेछ’ आयोजक स्वामी आनन्द अरुणले भने, ‘नयाँ वर्ष नयाँ तरिकाले सुरुवात गराऔं भन्ने अर्काे उद्देश्य पनि हो ।’ यो कार्यक्रमले नयाँ वर्षमा ध्यानमा रमाउन सहगोग गर्ने समेत आनन्द अरुणको भनाई रहेको छ ।
कार्यक्रममा स्वामी आनन्द अरुणले सत्संग तथा ध्यान, विश्वप्रसिद्ध निर्गुण कवीरवाणी गायक एवम् पद्मश्री विभूषित प्रह्लाद सिंह टिपणियाको विशेष प्रस्तुतिको अलवा ‘कुटुम्ब’ ब्यान्डको लाइभ प्रस्तुति रहनेछ । कार्यक्रममा प्रदीप रोदन, गायिका बेनिसा पौडेल, वीणा वादक रोशन शर्मा, अभिनेत्री नम्रता सापकोटा समेतले दर्शकलाई मनोरञ्जन दिलाउने आयोजक पक्षले जनाएको छ ।
मौलिक नेपाली पर्वहरू ओझेल परिरहेको वर्तमान सामाजिक परिस्थितिमा नयाँ वर्षको पहिलो दिनलाई विशेष बनाउन कार्यक्रम आयोजना गरिएको हो । मध्यान्ह ४ बजेबाट सुरु हुने कार्यक्रममा दर्शकलाई निशुल्क प्रवेशको ब्यवस्था गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ककरोच जनता पार्टीका संस्थापक अभिजीत दीपकेको अनशन अन्त्य
-
संसदीय सुनुवाइ समिति बैठक आह्वान, प्रस्तावित निर्वाचन आयुक्तहरूको सुनुवाइ हुने
-
बाँके राष्ट्रिय निकुञ्जमा पूर्वसूचना प्रणाली जडान
-
नेपालमा बालयौन दुराचारको अभियोगमा सजाय काटेका कुम्ब्स अमेरिकमा पनि दोषी ठहर
-
नेपालमा जलवायु-स्मार्ट कृषि विस्तारका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक : मन्त्री चौधरी
-
जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट एक करोड १४ लाख राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण