मनोज गजुरेलले टुँडिखेलमा दर्शक हसाउने
चर्चित हास्य कलाकार मनोज गजुरेलले टुँडिखेलमा दर्शक हसाउने भएका छन् । गजुरेलले नयाँ वर्ष २०७९ को पहिलो दिन अर्थात वैशाख १ गते काठमाडौंको टुँडिखेलमा आयोजना हुने ‘सेलेब्रेसन’ कार्यक्रममा विभिन्न हास्य प्रस्तुति दिने भएका हुन् ।
ओम नेपाल मिडिया र ओशो तपोवनको सहकार्यमा आयोजना हुने कार्यक्रममा ध्यान, संगीतिक प्रस्तुति, नृत्य लगायत विभिन्न प्रस्तुति रहने आयोजक पक्षले जनाएको छ । ‘गायन, नृत्य र ध्यानसँगै नयाँ वर्ष मनाउनु बिगतको भन्दा बेग्लै अनुभव हुनेछ’ आयोजक स्वामी आनन्द अरुणले भने, ‘नयाँ वर्ष नयाँ तरिकाले सुरुवात गराऔं भन्ने अर्काे उद्देश्य पनि हो ।’ यो कार्यक्रमले नयाँ वर्षमा ध्यानमा रमाउन सहगोग गर्ने समेत आनन्द अरुणको भनाई रहेको छ ।
कार्यक्रममा स्वामी आनन्द अरुणले सत्संग तथा ध्यान, विश्वप्रसिद्ध निर्गुण कवीरवाणी गायक एवम् पद्मश्री विभूषित प्रह्लाद सिंह टिपणियाको विशेष प्रस्तुतिको अलवा ‘कुटुम्ब’ ब्यान्डको लाइभ प्रस्तुति रहनेछ । कार्यक्रममा प्रदीप रोदन, गायिका बेनिसा पौडेल, वीणा वादक रोशन शर्मा, अभिनेत्री नम्रता सापकोटा समेतले दर्शकलाई मनोरञ्जन दिलाउने आयोजक पक्षले जनाएको छ ।
मौलिक नेपाली पर्वहरू ओझेल परिरहेको वर्तमान सामाजिक परिस्थितिमा नयाँ वर्षको पहिलो दिनलाई विशेष बनाउन कार्यक्रम आयोजना गरिएको हो । मध्यान्ह ४ बजेबाट सुरु हुने कार्यक्रममा दर्शकलाई निशुल्क प्रवेशको ब्यवस्था गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षाका कारण बुटवल–नारायणगढ राजमार्गअन्तर्गत दाउन्ने सडक अवरुद्ध
-
वर्षासँगै जलमग्न बन्यो नारायणहिटी उत्तरढोका, तस्बिरहरू
-
सान डिएगोमा डुङ्गा पल्टिँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता
-
नेपाल पुलिस क्लब मकवानपुर महिला गोल्डकपको फाइनलमा
-
शून्य समय शून्यमा उडाउनका लागि हो भने बन्द गरौँ : जनार्दन शर्मा
-
महेश श्रेष्ठ निर्वाचित भएपछि परराष्ट्रले लियो एनआरएनएको एकता महाधिवेशन सार्ने निवेदन फिर्ता