इटहरीको प्रमुख र उपप्रमुखका लागि एमालेले गर्यो आकांक्षीको नाम सिफारिस
सुनसरीको इटहरी उपमहानगरपालिकामा एमालेले स्थानीय निर्वाचनका लागि प्रमुख र उपप्रमुखका उम्मेदवार सिफारिस गरेको छ ।
सिफारिसमा पर्नेहरुमा एमालेका केन्द्रीय सदस्य तैयाब हुसेन, लक्ष्मी गौतम, अमृता सुब्बा, प्रदेश सदस्य रामप्रसाद चौंलागाई, जिल्ला सदस्य तथा नगर अध्यक्ष यामकुमार सुब्बा र जिल्ला सदस्य रेवती घिमिरे रहेका छन् ।
यस्तै उपप्रमुखमा प्रदेश सदस्य कमला श्रेष्ठ, जिल्ला सदस्य अम्बिका चौधरी, गायत्री चौधरी र संगीता चौधरी रहेका छन् । इटहरी नगरपालिकाको प्रमुखको उम्मेदवार सिफारिसमा भने वर्तमान मेयर द्वारिकलाल चौधरीको नाम उल्लेख छैन ।
०७४ सालको निर्वाचनमा नेकपा एमालेका उम्मेदवार द्वारिकलाल चौधरीले २२ हजार ६ सय ८९ मत प्राप्त गरेर विजयी बनेका थिए । उनको निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार रोहितप्रसाद प्रसाईंले १९ हजार ९ सय ८५ मतका साद दोस बनेका थिए । यस्तै राप्रपाका उम्मेदवार रोहितबहादुर कार्कीले ३ हजार ७ सय १५ तथा माओवादी केन्द्रकी उम्मेदवार हरिमाया जिमीले ३ हजार ३ सय ६४ मत प्राप्त गरेकी थिइन् ।
यस्तै उपप्रमुख पदमा पनि एमालेकै लक्ष्मी गौतमले २१ हजार ८ सय ४२ मतका साथ विजयी भएकी थिइन् । दोस्रो स्थानमा रहेको काँग्रेसकी उम्मेदवार बिमला सिवाकोटीले १८ हजार ३ सय ५२ र माओवादी केन्द्रका भीमप्रसाद सुवेदीले ४ हजार ८ सय ३१ तथा राप्रपाकी माया रायमाझीले ३ हजार ९ सय १९ मत प्राप्त गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण