केन्द्रीय समिति बैठकपछि विप्लवद्वारा १२ बुँदे सर्कुलर
नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले केन्द्रीय समिति बैठकपछि मातहतका निकायमा सर्कुलर पठाएको छ । कपिलवस्तुमा सम्पन्न केन्द्रीय समिति बैठकले लिएका निर्णयहरु कार्यान्वयन गर्ने उद्देश्यका साथ विप्लवले पार्टीका इन्चार्ज र सेक्रेटरीलाई सर्कुलर पठाएका हुन् ।
सर्कुलरमा आगामी स्थानीय चुनावमा पार्टी दर्ता गरेर उपयोग नगर्ने तर एमसीसी विरोधी कित्तामा उभिएकालाई सहयोग गर्ने उल्लेख गरिएको छ । ‘आगामी स्थानीय चुनावमा पार्टी दर्ता गरेर उपयोग नगर्ने तर एमसीसी एवं राष्ट्रघात विरोधी प्रतिनिधिहरूलाई सहभागि गराउने र सहयोग गर्ने, संसदीय व्यवस्थाको भण्डाफोर गर्ने निर्णय लिइएको छ’, सर्कुलरमा भनिएको छ । स्थानीय चुनावलाई संघर्षको मोर्चा बनाउनुका साथै दलाल संसदीय व्यवस्थाको भण्डाफोर पनि सर्कुलरमा उल्लेख छ ।
यस्तै काठमाडौं उपत्यका पेरिफेरीका जिल्लामा कार्यरत केन्द्रीय सदस्य र जनवर्गीय संगठनका केन्द्रीय सदस्य एवम् फ्याक्सन इन्चार्जको संयोजक प्रकाण्डले गर्ने सर्कुलरमा उल्लेख छ । यस्तै सचिवालय सदस्य विषमलाई संगठनात्मक काममा सहयोग गर्नेगरी केन्द्रीय कार्यालयको जिम्मेवारी तोकिएको छ । यस्तै केन्द्रीय सदस्यहरुको कार्यविभाजन पनि गरिएको छ ।
यस्तै प्रकाश डुम्रेलाई गल्ती महसुस गराई पार्टी सम्पर्कमा राखी काम लगाउन सर्कुलर भएको छ भने बैतडीका राजेन्द्र विष्ट र उद्योग व्यापार संगठनका प्रकाश बस्नेतको कारबाही फुकुवा गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने व्यक्तिविरुद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
-
रवि लामिछानेको ‘विकास कूटनीति’: पूरा होला मल कारखानाको सपना ?
-
मोरङ कांग्रेसमा क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद, सह–महामन्त्री संग्रौला सहभागी कार्यक्रम बिथोलियो
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण