राष्ट्रपति भण्डारीद्वारा गजेन्द्र स्मृति अस्पतालको उद्घाटन
राष्ट्रपति विद्यादेवि भण्डारीले रौतहटको मध्यभाग माधव नारायण ३ स्थित गजेन्द्र स्मृति अस्पतालको उद्घाटन गरेकी छन्। स्वर्गीय गजेन्द्र नारायण सिंहको ९७ औं जन्म जयन्तीको अवसरमा राष्ट्रपति भण्डारीले चन्द्रनिगाहापुरको जयनगरमा निर्माण भएको गजेन्द्र स्मृति अस्पतालको आइतबार उद्घाटन गरेकी हुन।
अस्पतालको उद्घाटनसँगै क्यान्सर रोगबाट ग्रसित प्रदेश सांसद तथा पूर्वमन्त्री डाक्टर डिम्पल कुमारी झाको सपना साकार भएको छ ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले नेपालको लोकतान्त्रिक आन्दोलन, किसान आन्दोलनको अग्रणी भूमिका खेल्ने स्वर्गीय गजेन्द्र नारायण सिंहको नाममा अस्पताल निर्माण गर्नु सराहनीय काम भएको बताइन्। सामाजिक न्यायका लागि योगदान, आफ्नो जीवनमा देश र जनताको सेवामा पुर्याएको योगदानको कदर स्वरुप उनको नाममा अस्पताल निर्माण हुनु सराहनीय काम भएको उनले बताइन् । मुलुकको स्वाधीनता र स्वतन्त्रताका लागि स्वर्गीय सिंहले संवैधानिक नैतिक र अहिंसक जागरणबाट जनजनमा चेतना पुर्याएको राष्ट्रपति भण्डारीले सम्झना गरिन्।
उनले बालबालिकाको लागि पौष्टिक आहारको व्यवस्था, बोक्सी प्रथालाई जरैदेखि उखेल्नु गर्न तीनवटै सरकारले भुमिका खेल्नुपर्ने आवश्यकता औंल्याइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिँचाइमा प्रयोग हुने विद्युतको महसुल अनुदानमा रोक, कृषकलाई समस्या
-
‘हली’को ट्रेलरमा देश बनाउने र छाउप्रथाकाे कथा
-
गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर
-
घुमुवा प्रहरी हुँ भन्दै रकम असुल्ने एक व्यक्ति पक्राउ
-
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
-
'बेहुली'को पहिलो गीत 'दिलमा ठाउँ छ'मा पारस र दिव्याको नृत्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण