चालक नहुँदा थन्कियो १४ करोड रुपैयाँको ब्रुमर
काठमाडौँ महानगरपालिकाले का तीन वर्षअघि करिब १४ करोड रुपैयाँमा खरिद गरेको ७ वटा इटालियन ब्रुमर चालक नभएका कारण थन्किएको छ। ब्रुमर नभएपछि कामनपाले बाटो बढार्न सकेको छैन।
ब्रुमरसँगै ३ वर्षसम्म चालक दिने सहमति भएको थियो। ब्रुमरसँग आएका चालकको म्याद सकिएपछि ब्रुमर थन्किएको हो। कामनपा वातावरण विभाग प्रमुख सरिता राईले चालक नभएका कारण बुमर थन्किएको स्वीकार्दै भने- 'सम्झौताको मिति सकिएका कारण चालक बिदा भएका छन्, अब नयाँ प्रक्रिया थालेर चालक आएपछि ब्रुमर सञ्चालन हुनेछ।' हाल सातवटा ब्रुमर राष्ट्रिय सभागृहमा थन्काएर राखिएको छ।
सभागृहमा धुलाम्य अवस्थामा रहेको ब्रुमर हेर्दा ब्रुमरको धूलो सफा गर्नुपर्ने अवस्था छ। कामनपाका एक कर्मचारी भन्छन्- 'हामीले हेर्दा त ब्रुमरले बाटो सफा गर्ने होइन, अब कामपाका कर्मचारीले ब्रुमरको धूलो सफा गर्नुपर्ने अवस्थामा छ।' आफूहरूले तत्काल चालक खोजेर ब्रुमर सञ्चालन गर्न आग्रह गरिरहेको भए तापनि तैपनि कसैले नसुनेको उनको गुनासो छ। आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण