बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

श्रीमानको हत्या गरेर प्रहरीलाई जानकारी

सोमबार, २८ चैत २०७८, ०८ : ०२
सोमबार, २८ चैत २०७८

कैलालीको मोहन्यालमा  श्रीमतीले आफ्नै श्रीमानको हत्या गरेकी छन् । मोहन्याल गाउपालिका वडा नम्बर १ ,स्थित राक्सामा घर भएकी चुमा कुमारी थापा बुढामगरले ४३ वर्षीया नारायण बुढा मगरको  हत्या गरेकी हुन् ।​ चुमा कुमारी थापा बुढामगरले आइतबार राति धारिलो हतियारको प्रयोग गरेर श्रीमानको हत्या गरेको स्विकार्दै ईलाका प्रहरी कार्यालय पणडौनमा जानकारी गराएकी छिन् ।

मृतक नारायण बुढा मगरको टाउको र शरीर अलग पारिएको अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ । मृतकको मुचुल्का उठाउन र दोषीलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालयबाट घटनास्थलमा प्रहरी टोली खटाइएको जिल्ला प्रहरी कार्यलय कैलालीका प्रवक्ता बेदराज जोशीले  जानकारी दिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप