एमाले अध्यक्षको सम्बोधन सुन्न गएका युवकको डुबेर मृत्यु
सोमबार, २८ चैत २०७८, २० : १६
बझाङको चैनपुर स्थित बाउलीगाड खोलामा डुबेर एकजना युवकको मृत्यु भएको छ । बित्थडचिर गाउँपालिका–४ घर भएका २० वर्षीय कमल बोहराको डुबेर मृत्यु भएको बझाङका डिएसपी ज्ञान बहादुर विष्टले रातोपाटीलाई बताए ।
मृतक बोहरा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको संवोधन सुन्न सोमबार चैनपुर गएका हुन् । नेकपा एमाले बझाङले आयोजना गरेको ‘पार्टी प्रवेश तथा चुनावी सभा’मा सहभागी हुन चैनपुर गएका बोहरा बाउलीगाडमा नुहाउने क्रममा डुबेका थिए । उनको शव पोष्टमार्टमका लागी जिल्ला अस्पतालमा राखिएको छ ।
सो सभामा सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले ५ पार्टीले गठबन्धन गरेपनि धेरै स्थानिय तहमा एमाले विजयी हुने जिकिर गरेका छन् । कार्यक्रममा ३ सय ५० भन्दा बढी मानिसहरु एमालेमा प्रवेश गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण