खाद्य तथा पेयपदार्थमा कति प्रतिशतले बढ्यो महँगी ?
अन्तर्राष्ट्रिय स्तरमै पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै नेपालमा पनि महँगी चर्किंदै गएको छ। गत वर्षको तुलनामा समग्र मुद्रास्फीति दोब्बरले बढेको छ। समग्रमा मुद्रास्फीति (मूल्यवृद्धि) ७ प्रतिशत नाघेको छ।
गत वर्षको फागुन महिनाको तुलनामा खाद्य तथा पेयपदार्थ समूहभित्र घिउ तथा तेल, तरकारी, दुग्धजन्य उत्पादन तथा अन्डा र दाल तथा गेडागुडीलगायतको मूल्य अत्यधिक बढेको छ।
तेलको मूल्य अकासिएको छ। घिउ र तेलमा मात्रै २६.३४ प्रतिशतले मूल्यवृद्धि भएको छ। तरकारीको भाउ १३.९६ प्रतिशतले बढेको छ। दुग्धजन्य उत्पादन तथा अन्डाको मूल्यवृद्धि ११.३० र दाल तथा गेडागुडीको १०.३० प्रतिशत छ। खाद्य बाहेकका गैर–खाद्य तथा सेवा समूहअन्तर्गत यातायात, विविध वस्तु तथा सेवा र शिक्षा क्षेत्रको पनि महँगी बढेको छ।
यसरी हरेक वस्तुको मूल्य अकासिँदै जाँदा चालू आर्थिक वर्षको ८ महिनासम्म वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.१४ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.०३ प्रतिशत रहेको थियो। खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति ७.५१ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ६.८४ प्रतिशत रहेको छ। यही गतिमा मूल्यवृद्धि बढिरहे मूल्यवृद्धि दोब्बर अंकमा जाने जोखिम बढेको पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे बताउँछन्।
‘विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्यो। यसले समग्रमा मूल्य बढायो। अझै रुस र युक्रेनको युद्धका कारण लामो समयसम्म मूल्यवृद्धि बढेर छिटै दोहोरो अंकमा पुग्ने जोखिम देखिएको छ,’ उनले भने। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण