नेपाल परिवार दलले पनि सूर्य चिन्ह लिएर चुनाव लड्ने
नेपाल परिवार दलले पनि स्थानीय तह चुनावमा सूर्य चिन्ह लिएर चुनाव लड्ने भएको छ। नेकपा एमाले र परिवार दलबीच भएको पाँच बुँदे सहमति अनुसार परिवार दलले सूर्य चिन्ह लिएर चुनाव लड्न पाउने भएको हो ।
३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा दुई दलबीच चुनावी तालमेल गरेर अघि बढ्ने सहमति भएको छ । नेकपा एमालेका स्थानीय विकास विकास विभाग प्रमुख देवेन्द्र दाहाल र परिवार दलका महामन्त्री सन्तोषकुमार पौडेलबीच गठबन्धन गर्ने सहमति भएको हो । सहमति अनुसार नेपाल परिवार दलका उम्मेदवारले सूर्य चिन्ह लिएर चुनाव लड्न पाउने भएका हुन् । निर्वाचनमा विजयी भएपश्चात भने नेपाल परिवार दलमै आबद्ध हुनेछन् ।
देशभरका तालमेल सम्भव पालिकाहरुमा आपसी तालमेल गरेर उम्मेदवार उठाउने सहमति भएको छ । त्यस्तै नेपाल परिवार दलले आफ्नो उम्मेदवार नभएका सबै ठाउँहरुमा नेकपा एमालेका उम्मेदवारहरूलाई सघाउने र नेपाल परिवार दलका उम्मेदवारहरूलाई नेकपा एमालेले सघाउने सहमति भएको छ ।
नेकपा एमाले र नेपाल परिवार दलका जिल्ला कमिटीहरुले आपसमा छलफल गर्ने र तालमेलका सम्बन्धमा उपयुक्त निर्णय गर्ने समेत सहमति भएको छ । जिल्ला तहमा भएको छलफल र सहमतिका सम्बन्धमा आ(आफ्ना प्रदेश र केन्द्रीय नेतृत्व समक्ष नियमित रुपमा प्रतिवेदन प्रस्तुत गर्ने समेत सहमति दुई पार्टीले गरेका छन् ।
स्थानीय तह निर्वाचनमा कमल थापा नेतृत्वको राप्रपा नेपालका उम्मेदवारले पनि सूर्य चिन्ह लिएरै चुनाव लड्ने छन् । राप्रपा नेपाल र एमालेबीच चुनावी तालमेल गर्ने सहमति भएको छ । सोही अनुसार राप्रपा नेपालका उम्मेदवारले सूर्य चिन्ह लिएर चुनाव लड्न पाउने भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
-
पार्टी एकतामा क्षति भए जिम्मेवारी नेतृत्वले लिनुपर्छ : डा. शशाङ्क कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण