पत्रपत्रिका
टुंगिएन उम्मेदवारको राजीनामाको विषय
बिहीबार, ०१ वैशाख २०७९, ०६ : ००
सर्वोच्च अदालतले स्थानीय तहको चुनावमा उठ्ने जनप्रतिनिधि उम्मेदवारले राजीनामा दिने आचार संहिता तत्कालका लागि कार्यान्वयन नगर्न नगराउन अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिँदै वैशाख ४ मा दुवै पक्षलाई छलफलका लागि बोलाएको छ।
न्यायाधीशहरू तेजबहादुर केसी र कुमार रेग्मीको संयुक्त इजलासले अन्तरिम आदेशका विषयमा छलफल गर्न दुवै पक्षलाई बोलाउने बुधबार आदेश जारी गरेको हो । निर्वाचन आयोगले सर्वोच्च अदालतले चैत ८ मा दिएको अल्पकालीन अन्तरिम आदेश खारेजीको माग गर्दै भ्याकेटको निवेदन दर्ता गरेको थियो । यसअघि न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले निर्वाचन आयोगले तयार गरेको आचार संहितामा राजीनामाको विषय यथावत् राख्न मंगलबार अल्पकालीन अन्तरिम आदेशसहित कारण पनि माग गरेको थियो। आजको नागरिक दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण