बारामा गोली लागेर एक युवकको मृत्यु
बिहीबार, ०१ वैशाख २०७९, ०९ : ३७

बाराको जितपुर सिमरा उपमहानगरपालिका १६ मा गोली लागेर गम्भीर घाइते भएका एक युवकको बिहीबार बिहान मृत्यु भएको छ । मृत्यु हुनेमा जितपुर सिमरा उपमहानगरपालिका १६ का २८ वर्षीय सागर सिंजाली रहेका छन् ।
राती गाउँका अन्य युवाहरूसँगै गाउँ नजिकैको धर्मनगर स्थित बालगंगा नदीमा पुगेका मगर शिकारीले चलाएको गोली लागी गम्भीर घाइते भएका थिए । घाइते मगरलाई स्थानीयको सहयोगमा उपचारको लागि वीरगन्जस्थित वयोधा अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी राजेश थापाले जानकारी दिए ।
मृतकको शव अस्पतालमै राखिएको र घटनाबारे थप विवरण आउन बाकी रहेको प्रहरीले जनाएको छ । वन क्षेत्र नजिकैमा रहेका बस्तीका मानिसहरू घरेलु हातहतियार तथा भरुवा बन्दुकबाट वन्यजन्तुको चोरी शिकारी गर्दै आएको स्थानीयको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन्डरल्यान्ड वाटरपार्कमा तोडफोड
-
पछिल्लो २४ घण्टामा विपद् : चारको मृत्यु, अट्ठाइस घाइते
-
रोटरी ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’बाट पत्रकार कोइराला पुरस्कृत
-
दुई मन्त्रीको गुटबन्दीको घेरामा लमजुङ तरुण दल, अधिवेशन बन्यो रणमैदान
-
क्होंलासोंथरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न प्रक्रिया थाल्ने निर्णय
-
१० बजे १० समाचार : कांग्रेस बैठकमा सरकारको आलोचना, बल्खुबाट ओलीको कटाक्ष