मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

आईपीएल : गुजरातसँग खेल्दै राजस्थान

बिहीबार, ०१ वैशाख २०७९, १३ : ३८
बिहीबार, ०१ वैशाख २०७९

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज बिहीबार राजस्थान रोयल्स र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुँदैछ । 

मुम्बईमा हुने खेलमा दुई टोलीबीचको खेल साँझ ७: ४५ बजे सुरु हुनेछ। राजस्थान आज चौंथो जित निकाल्ने योजनामा छ । राजस्थान ४ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । गुजरातलाई हराएर राजस्थान शीर्ष स्थान यथावत राख्न चाहन्छ ।

गुजरात पनि चौंथो जित निकाल्ने योजनामा रहेको छ । गुजरातले ४ खेलमा ६ अंक जोडेको छ । पाँचौं स्थानमा रहेको गुजरात जित निकाल्दै शीर्ष स्थानमा उक्लन चाहन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप