यसपटक सगरमाथा हेरेर मात्र फर्किन्छु : बलिउड अभिनेता सोहेल खान
बलिउड अभिनेता सोहेल खानले ‘दबङ रिलोडेड टुर’को बेला सगरमाथा हेरेर मात्र फर्कने बताएका छन् । बलिउड सुपरस्टार सलमान खानको आउँदो जेठ १४ गते दशरथ रंगशालामा हुने ‘दबङ रिलोडेड टुर’का बारेमा जानकारी दिन काठमाडौं आइपुगेका उनले उक्त कुरा बताएका हुन् । सलमान र सोहेल दाजुभाई हुन् ।
‘मलाई नेपाल एकदमै राम्रो लाग्छ, सुन्दर छ । १०–१२ वर्षको हुँदा स्कुल जीवनमा म काठमाडौं आएका थिएँ,’ बिहीबार राजधानीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा सोहेलले भने, ‘त्यतिबेला एभरेष्ट (सगरमाथा) देख्न पाइन । अहिले ४० वर्षपछि फर्केर आएको छु । यसपटक एभरेस्ट हेरेर मात्रै फर्कन्छु ।’

‘दबङ रिलोडेड टुर’ असाध्यै राम्रो हुने उनले बताए । उनले शो हेर्नको लागि आउन सबैलाई अनुरोध गरेका थिए । ‘दबङ रिलोडेड टुर’ मा सलमानका अलवा कट्रिना कैफ, प्रभु देवा, सोनाक्षी सिन्हा, ज्याक्लीन फर्नान्डेज लगायतका बलिउड कलाकार सहभागी हुनेछन् ।
पत्रकार सम्मेलनमा ‘दबङ रिलोडेड टुर’ को टिकटको मुल्य ५ देखि २५ हजार रुपैयाँसम्म रहने जानकारी दिइएको थियो ।
जेठ १४ गते विहान ११ बजेदेखि दशरथ रंगशालाको गेट खुला गरिने जनाइएको थियो । सुरुमा नेपाली कलाकारको प्रस्तुति राखिएको छ । आयोजकका अनुसार सलमानको कार्यक्रम बेलुकी साढे ७ बजेबाट सुरु हुनेछ । साढे तीन घण्टा बलिउड कलाकारको प्रस्तुती रहने जनाइएको छ । तस्बिर : सुवास श्रेष्ठ/रातोपाटी






खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘हली’को ट्रेलरमा देश बनाउने र छाउप्रथाकाे कथा
-
गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर
-
घुमुवा प्रहरी हुँ भन्दै रकम असुल्ने एक व्यक्ति पक्राउ
-
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
-
'बेहुली'को पहिलो गीत 'दिलमा ठाउँ छ'मा पारस र दिव्याको नृत्य
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण