ओली र प्रचण्डबीच तुलना हुन सक्दैन : प्रभु साह
बिहीबार, ०१ वैशाख २०७९, १५ : ३१
नेकपा एमालेका स्थायी कमिटी सदस्य प्रभु साहले एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच तुलना हुन नसक्ने बताएका छन् । ओलीले भनेको कुरा गरेर देखाइराखेको तर प्रचण्ड बोलीको ठेगान भएको नेता नरहेको उनको जिकिर छ ।
रौतहटको कटहरिया नगरपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पाँच दलीय गठबन्धनले देशलाई निकास दिन नसक्ने जिकिर गरे । उनले शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेको एक वर्ष नबित्दै चौतर्फी महँगी र भ्रष्टाचार बढेको बताए । कार्यक्रममा एमाले केन्द्रिय सदस्य तथा पूर्व प्रदेश सांसद कुन्दन कुश्वाहा, कटहरिया नगर प्रमुख सियाराम कुश्वाहा, एमाले प्रदेश कमिटी सदस्य त्रिभुवन साह, प्रदेश उपसचिव आरती भण्डारी, कटहरिया नगर कमिटी अध्यक्ष योगेन्द्र साह, लगायतका नेताले बोलेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण