अनुमतिबिना अतिरिक्त सो चलाउने फिल्म हललाई कारबाही सिफारिस
चलचित्र विकास बोर्डले अनुमतिबिना अतिरिक्त सो चलाउने तीनवटा फिल्म हललाई कारबाहीका लागि सिफारिस गरेको छ। बिनाअनुमति तोकिएको समयबाहेक अतिरिक्त सो चलाउन हल खोलेको जनाउँदै शुक्रबार बोर्डले तीन हललाई कारबाहीका लागि सिफारिस गरेको हो।
बोर्डले बिग मुभिज, एफक्युज, बिएसआर मुभिजलाई कारबाही गर्न जिल्ला प्रशासन कार्यालय र आन्तरिक राजस्व कार्यालयलाई सिफारिस गरेको हो। 'बिनाअनुमति मध्यरातमा अतिरिक्त सो चलाउने बिग मुभिज, एफक्युज, बिएसआर मुभिजलाई कारबाहीका लागि सिफारिस गरिएको छ,' चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले भने, 'बोर्ड र प्रशासनबाट स्वीकृति नलिई ती फिल्म हलले मध्यरातमा अतिरिक्त दुई सो चलाएका थिए।' बिग मुभिज, एफक्युज, बिएसआर मुभिजले मध्यरातमा दक्षिण भारतीय फिल्म 'केजिएफ च्याप्टर-२' फिल्म चलाएका थिए। तीनवटा फिल्म हलले तोकिएभन्दा बढी शुल्क लिएर बिनाअनुमति राति १ बजे र ३ बजेको अतिरिक्त सो राखेका थिए। आजको नागरिक दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण