लगानी तान्दै प्रविधि कम्पनी
विद्युतीय भुक्तानीमा स्थापित 'खल्ती’ वालेटले मङ्सिर अन्तिम साता देशकै ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्ड लिङ्क कम्युनिकेसन्सलाई ४० प्रतिशत स्वामित्व बिक्री गरेको सार्वजनिक गर्यो । ग्रामीण क्षेत्रमा वित्तीय पहुँच पुर्याउने उद्देश्य पूरा गर्न आवश्यक लगानी जुटाउन खल्तीले आफ्नो स्वामित्व बिक्री गरेको थियो । घरघरसम्म खाना पुर्याउन अनलाइन सेवा दिएर चर्चित बनेको 'फुडमान्डु’मा विदेशीले नेपालमा स्थापना गरेको लगानी व्यवस्थापन संस्था डोल्मा इम्प्याक्ट फन्डले ४६ करोड रुपियाँ लगानी गर्ने खबरले पुसको अन्तिम साता चर्चा पायो । स्टार्टअपका रूपमा सेवा सुरु गरेको फुडमान्डुमा भित्रिएको यो लगानी नेपालको परिवेशमा आफैँमा ठूलो थियो ।
देशका विभिन्न ठाउँमा सेवा विस्तारको योजनामा रहेको फुडमान्डुका लागि यो लगानी सहयोगी हुने अपेक्षा गरिएको छ । प्रविधिको उपयोगमार्फत सेवा दिइरहेका नेपाली कम्पनीमा भित्रिएको लगानीका यी खबर यत्तिमै अन्त्य हुँदैनन् ।नयाँ–नयाँ कम्पनीमा लगानी गर्ने क्रम निरन्तर बढ्दो छ । यस्तैमा चैतको पहिलो साता नेपाली स्टार्टअप कम्पनी 'वाइज्याक’ले पनि करिब तीन करोड रुपियाँ भित्र्याएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण