नयाँ सेल्फी मोबाइल ‘भी सेभेन’ अग्रिम बुकिङ खुल्ला
काठमाडौं–स्मार्ट फोन भिभोले आफ्नो उत्पादन भी सेभेन नेपाली बजारमा ल्याउने भएको छ ।
मंगलबार आयोजित कार्यक्रममा भिसेभेन आगामी डिसेम्बर ३ बाट नेपाली बजारमा उपलव्ध गराइने जानकारी गराइयो । भी सेभेन अन्य मोबाइलभन्दा भिन्न फोटोग्राफी विशेषता, स्क्रिन क्वालिटी र समग्र डिजाइन भएको कम्पनीले जनाएको छ ।
२४ मेगापिक्सल,फ्रन्ट फेसिङ क्यामेरा,फुलभ्यु डिस्प्ले भएको भि सेभेन आधुनिक प्रविधिबाट सुसज्जित रहेको छ । भि सेभेन भिभोको भी श्रेणीमा रहेको उत्पादनमध्ये एक नयाँ उत्पादन हो जसको अग्रिम बुकिङ मंगलबारबाटै गर्न सकिने जनाइएको छ ।
भि सेभेन ६४ विट क्वालकम अक्टाकोर सिपियु र ४ जीवी र्याम छ भने प्रयोगकर्ता मैत्री फन टच ३.२ ओ.एस बिशेषतामा स्मार्ट स्प्लिट ३.० ले उपभोक्तालाई आकर्षण गरेको छ । फिंगर प्रिन्ट सेन्सर रहेको भिसेभेनमा फेस एक्सिस प्रविधि रहेको छ ।
जसले १०० भन्दा बढि भिन्न अनुहारहरुको पहिचान विन्दु पत्ता लगाउने र महत्वपूर्ण फोटो खिच्न अनुमति दिने कम्पनीको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुत्केरीलाई प्रसूति बिदा ६ महिना पुर्याउने प्रस्ताव
-
सुनसरी घटनामा संयमता र सामाजिक सद्भाव कायम राख्न गगन थापाको अपिल
-
गोपालमान श्रेष्ठको निधनप्रति पूर्णबहादुर खड्काद्वारा दुःख व्यक्त
-
१० बजे १० समाचार : सुनसरीमा सद्भावका लागि अपिल, अस्पतालमा पनि आन्दोलन
-
सुनसरीका यी क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू (सूचनासहित)
-
कर्णालीमा मुख्यमन्त्री नियुक्त, अन्यमा कसरी हुँदै छ एमाले र नेकपाबिच ‘पावर सेयरिङ’ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण