राष्ट्रिय खानेपानी नीति तयार गरिँदै, न्यूनतम खपत निःशुल्क
खानेपानी मन्त्रालयले राष्ट्रिय खानेपानी, सरसफाइ तथा स्वच्छता नीति तयार गर्ने भएको छ । मन्त्रालयले तयार गरेको नीतिको मस्यौदाका लागि सुझाव सङ्कलन गरिरहेको छ । खानेपानीमन्त्री उमाकान्त चौधरीले सो नीतिमा विपन्न र पिछडिएका वर्गसम्म शुद्ध, स्वच्छ र सुरक्षित पानी कसरी पु-याउने भन्नेबारे स्पष्ट व्यवस्था तथा विधि तय गरिने बताए ।
उनले सहरी क्षेत्रमा बढ्दै गएको जनघनत्व र जलवायु परिवर्तनबाट खानेपानीका मुहानमा परेको प्रभाव चुनौतीपूर्ण बन्दै गएको बताउँदै भने “पहाडका मुहान सुक्ने र तराईमा पानीको सतह घट्ने क्रम जारी छ । यसको प्रभावलाई कसरी कम गर्ने भन्नेबारे नीतिले मार्ग निर्देश गर्नेछ ।”
मन्त्री चौधरीले खानेपानी मौलिक हकका रूपमा व्यवस्था गरिएकाले न्यूनतम खपतलाई निःशुल्क गर्ने तयारी भइरहेको समेत जानकारी दिए । मन्त्रालयले खानेपानी नीतिमै गरिब, निमुखा, दलित र विपन्न परिवारलाई समेत कसरी सर्वसुलभ रूपमा शुद्ध खानेपानी पु-याउने भन्नेबारे अध्ययन भइरहेको जनाएको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण