बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

प्रशासनले बन्दुक माग्दा सर्वसाधारणले बुझाएनन्

आइतबार, ०४ वैशाख २०७९, १६ : ४१
आइतबार, ०४ वैशाख २०७९

आगामी वैशाख ३० हुने स्थानीय तहको निर्वाचन सुरक्षाकालाई मध्यनजर जिल्ला प्रशासन कार्यालय सिरहाले चैत मसान्तभित्र इजाजत प्राप्त हातहतियार बुझाउन सूचना जारी गरेको भएपनि कैयन हतियार नबुझाएको पाइएको छ । जिल्लामा ३ सय १४ थान इजाजत प्राप्त हतियार (बन्दुक) रहेपनि आजसम्म २२ थान हतियारमात्र प्राप्त भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले तोकेको समयमा सवै हतियार नआएको जानकारी दिए । उनले अब गृहमन्त्रालयबाट आएको निर्देशन बमोजिम गर्ने बताए ।

उनले भने, ‘प्रशासन कार्यालयले चैत मसान्तभित्र बुझाउन पत्र लेखेको थियो । यो अवधिमा ३ सय १४ मध्ये २२ थान हतियारमात्रै प्राप्त भएको छ, बाँकी ल्याउने विषयमा माथिको निर्देशन बमोजिम गर्नेछौं ।’

जिल्ला प्रशासन कार्यालयले गत चैत ७ गते सूचना जारी गरी तोकिएको समयसीमाभित्र हातहतियार नबुझाए कानुन बमोजिम कारबाही गर्ने उल्लेख गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप