प्रशासनले बन्दुक माग्दा सर्वसाधारणले बुझाएनन्
आगामी वैशाख ३० हुने स्थानीय तहको निर्वाचन सुरक्षाकालाई मध्यनजर जिल्ला प्रशासन कार्यालय सिरहाले चैत मसान्तभित्र इजाजत प्राप्त हातहतियार बुझाउन सूचना जारी गरेको भएपनि कैयन हतियार नबुझाएको पाइएको छ । जिल्लामा ३ सय १४ थान इजाजत प्राप्त हतियार (बन्दुक) रहेपनि आजसम्म २२ थान हतियारमात्र प्राप्त भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले तोकेको समयमा सवै हतियार नआएको जानकारी दिए । उनले अब गृहमन्त्रालयबाट आएको निर्देशन बमोजिम गर्ने बताए ।
उनले भने, ‘प्रशासन कार्यालयले चैत मसान्तभित्र बुझाउन पत्र लेखेको थियो । यो अवधिमा ३ सय १४ मध्ये २२ थान हतियारमात्रै प्राप्त भएको छ, बाँकी ल्याउने विषयमा माथिको निर्देशन बमोजिम गर्नेछौं ।’
जिल्ला प्रशासन कार्यालयले गत चैत ७ गते सूचना जारी गरी तोकिएको समयसीमाभित्र हातहतियार नबुझाए कानुन बमोजिम कारबाही गर्ने उल्लेख गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण