आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

राष्ट्रिय पुरस्कार पाएपछि दीपकराज गिरीले भने - ३० वर्षमा पहिलो पटक अवार्ड पाए

आइतबार, ०४ वैशाख २०७९, २१ : ३३
आइतबार, ०४ वैशाख २०७९

अभिनेता दीपकराज गिरीले अभिनय सुरु गरेको ३० वर्षमा पहिलो पटक अभिनेताको रुपमा राष्ट्रिय पुरस्कार पाएको बताएका छन् । आइतबार राष्ट्रपति भवन शितल निवासमा आयोजित ‘राष्ट्रिय चलचित्र पुरस्कार, विषेश चलचित्र तथा दीर्घ साधना सम्मान’ कार्यक्रममा फिल्म ‘छ माया छपक्कै’ बाट उत्कृष्ट अभिनेता अवार्ड हात परेका दीपकले उक्त खुसी शेयर गर्दै आफुले अभिनेताको रुपमा अवार्ड प्राप्त गरेको यो नै पहिलो भएको बताए ।

‘यसलाई मैले उत्कृष्ट अभिनेताको अवार्ड भन्दा पनि एउटा विद्यार्थीले पाएको प्रोत्साहन पुरस्कारको रुपमा लिएको छु’ उनले सामाजिक संजालमा खुसी शेयर गर्दै अगाडि लेखेका छन् ‘फिल्म ‘छ माया छपक्कै’मा केही फरक गर्ने अवसर प्राप्त भयो ।’ उनले पुरस्कारबाट भविष्यमा अझै मिहिनेत गर्न उर्जा मिलेको समेत बताएका छन् ।

स्वदेशमा आयोजना हुने अवार्ड निष्पक्ष नहुने भन्दै अवार्ड समारोहमा सहभागी नहुने र अवार्ड पनि नलिने बताउदै आएका दीपकले चलचित्र विकास बोर्डले बितरण गरेको ‘राष्ट्रिय चलचित्र अवार्ड’ भने थापेका छन् । दीपकले अवार्ड प्राप्त गरेको अवसरमा गुरु चलचित्र निर्देशक, कलाकार दिनेश डिसी, फिल्मका निर्देशक दीपेन्द्र लामा, सहकर्मी कलाकार दीपाश्री निरौला, निर्मल शर्मा ‘गैडा’ लगायत थुप्रैको सम्झना समेत गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप