रुसबाट सैन्य हेलिकोप्टर ल्याउने सुरसार
विश्वमा यस्तो ध्रुवीकरण भइरहेका बेला नेपाली सेनाले भने रुसबाटै दुईवटा सैन्य हेलिकोप्टर ल्याउने सुरसार गरिरहेको छ। रक्षा तथा अर्थ मन्त्रालयले समेत त्यसमा अन्तिम ‘लालमोहर’ लगाइसकेका छन्। यसमा केही बिचौलिया र राज्यका पदाधिकारी लागेको आरोप छ ।
नेपाली सेनाले पाँच वर्षअघि नै रसियन ‘एमआई १७ भी ५’ हेलिकोप्टर भित्र्याउने तयारी गरेको थियो। त्यसका लागि सेनाले २०१७ डिसेम्बर २७ मा रसियाली सरकारी कम्पनी ‘रोजोबोरोन’ सँग सम्झौता गरेको थियो। सो कम्पनीका तर्फबाट काठमाडौंस्थित रसियन राजदूतावासका प्रथम सचिवले हस्ताक्षर गरेका थिए। नेपाली सेनाका तर्फबाट जंगी अड्डाले हस्ताक्षर गरेको स्रोतको भनाइ छ। रुसले यही कम्पनीबाट एकीकृत रूपमा सैन्य तथा सुरक्षा सामग्री निर्यातको काम गर्छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पहिलोपल्ट राष्ट्रपति हुँदा यो कम्पनी खोलेका थिए। सम्झौतापछि अमेरिकाले सांकेतिक रूपमा असन्तुष्टि जनायो। अमेरिकाको असन्तुष्टिपछि नेपाली सेना हच्कियो र रुसी हेलिकोप्टर खरिद गर्ने कदमबाट पछि हट्यो। आजको नागरिक दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण