पत्रपत्रिका
महानगरको मत्रपत्रको छपाइ अन्तिममा
सोमबार, ०५ वैशाख २०७९, ०६ : १६
निर्वाचन आयोगले ६ वटा महानगरपालिकाको मतपत्र अन्तिममा छपाइ गर्ने भएको छ। जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको सुरक्षण मुद्रणालयमा छपाइ भइरहेका मतपत्रमध्ये धेरै उम्मेदवार भएको ६ महानगरमा वैशाखको दोस्रो साताबाट मतपत्र छपाइ हुने भएको हो। काठमाडौँ, पोखराको लेखनाथ, ललितपुर, भरतपुर, वीरजंग र विराटनगर महानगरपालिकाको मतपत्र छपाइ सुरु भएको छैन।
जनसङ्ख्या बढी भएका ती महानगरपालिकाहरूको उम्मेदवार मनोनयनपछि मात्र मतपत्र छपाइ गर्ने तयारी निर्वाचन आयोगको छ। आयोगले मतपत्रको डिजाइन गरेपछि मात्रै जनक शिक्षालाई छपाइ अनुमति दिने गरेको छ। सोही आधारमा पछिल्लो समय मधेस प्रदेशको मतपत्र छपाइ सुरु भइरहेको छ। आयोगको प्रक्षेपणअनुसार वैशाख २० गते अघि नै मतपत्र छपाइ सकेर महानगरपालिकाहरूको लागि ढुवानी सुरु हुनेछ। पहाडी तथा हिमाली जिल्ला समेटिएको सबै प्रदेशको मतपत्र छपाइ भइसकेको छ। स्रोतका अनुसार सुदूरपश्चिम, मध्यपश्चिम, गण्डकी, लुम्बिनी, प्रदेश १ र बागमती प्रदेशका अधिकांश जिल्लाको मतपत्र छपाइ भइसकेको छ। आजको नेपाल समाचार पत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण