बम विस्फोटपछि विप्लवलाई ओलीको प्रश्न : खेदेको राजा कि तपाईंलाई नै ल्याएर राजा बनाउनु पर्ने हो ?
ललितपुर । लतिलपुरको लगनखेल बस पार्कमा बाम गठबन्धनले आयोजना गरेको चुनावी सभालाई लक्षित गरेर बम विस्फोट भएको छ ।
सभा स्थलबाट करिब ५ सय मिटरको दुरीमा रहेको नमुना मछिन्द्र माध्यामिक विद्यालय नजिकै बम विस्फोट भएको हो ।
गलबार दिउँसो गठबन्धनले आयोजना गरेको कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सम्बोधन शुरु गर्ना साथ विस्फोटको ठूलो आवाज आएको थियो ।
घटनामा मानवीय क्षति भने भएन ।
बम विस्फोट भएपछि पनि ओलीले आफ्नो सम्बोधनलाई जारी राख्दै बम विस्फोट गराउनेहरु प्रति कडा कटाक्ष गरे ।

ओलीले भने, ‘कसलाई तर्साउन बम पड्काएको ? हिजो मेरो घरमा बम पड्कायौ, आज लालबाबुलाई लक्षित गरेर बम पड्कायौ ।’
जनताले आफ्ना प्रतिनिधिहरु छान्न निर्वाचनमा भाग लिन खोज्दा किन बम विस्फोट गराउन परेको भन्ने आफूले बुझ्न नसकेको ओली बताए । निर्वाचन नभएर के हुनुपर्ने हो भन्दै उनले प्रश्नसमेत गरे ।
‘कि खेदेको राजालाई ल्याएर फेरि राजा बनाउनुपर्ने हो ? या त तपाईंहरु बम पड्काउनेलाई नै राजा बनाउनुपर्ने हो ?’ ओलीले बम विस्फोटमा संलग्न रहेको आशंका गरिउको नेकपाप्रति लक्षित गर्दै भने ।
गठबन्धनले आज काठमाडौँमा पनि चुनावी सभा आयोजना गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण