११५ स्थानीय तहका लागि लोसपाका उम्मेदवारको विवरण तयार
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले मधेश प्रदेशका पालिकाका लागि प्रमुख तथा उपप्रमुखको नाम स्थानीय कमिटीबाट प्राप्त गरेको छ । मधेश प्रदेशको १३६ स्थानीय तहमध्ये ११५ वटा तहबाट सिफारिस भएको नाम प्राप्त भएको लोसपाका कार्यकारिणी सदस्य एवं मधेश प्रदेशका अध्यक्ष जितेन्द्र सोनलले बताए । स्थानीय समितिबाट हुँदै जिल्ला समिति र जिल्ला समितिले प्रदेशलाई सिफारिस नाम सिफारिस गरेको हो ।
प्रदेश समितिले त्यसमा छलफल गरी आफ्नो राय सहित ती नामावली केन्द्रलाई पठाउनेछ । त्यसपछि केन्द्रले त्यसको अन्तिमरुपम दिइने अध्यक्ष सोनलले बताए । उनले भने, ‘मधेश प्रदेशको १३६ वटै पालिकामा उम्मेदवार दिने तयारी भइरहेको छ, हालसम्म ११५ वटा पालिकाबाट नामावली प्राप्त भएको छ, अरु आउने क्रम जारी रहेका छन् ।’
लोसपाले हालसम्म कसैसँग गठबन्धन गर्ने औपचारिक घोषणा गरेको छैन । यद्यपी एमाले र लोसपाबीच गठबन्धन हुने चर्चा छ । अध्यक्ष सोनल भन्छन्, ‘लोसपाले कुनै दलसँग गठबन्धन गर्ने त्यस्तो केही निर्णय गरेको छैन, स्थानीय तहमा आवश्यकता र औचित्यको आधारमा चुनावी तालमेल हुनसक्छ । एमालेसँग हुन्छ भन्ने पनि छैन जुनसुकै दलसँग पनि हुनसक्छ ।’
यद्यपी आफूहरु प्रत्येक पालिकामा प्रमुख, उपप्रमुख, वडा अध्यक्ष तथा सदस्यहरुको उम्मेदवारी तय गर्न लागेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
-
९५ दिनदेखि माइतीघरमा दीपा नेपालीः सरकार, कोठा खाली छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण