सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

नेविसंघले आज स्थापन दिवस मनाउँदै, प्रधानमन्त्री देउवाले सम्बोधन गर्ने

मङ्गलबार, ०६ वैशाख २०७९, ०९ : २३
मङ्गलबार, ०६ वैशाख २०७९

नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) ले ५३ औं स्थापना दिवस मनाउँदै छ । विद्यार्थी संघले आज स्थापना दिवसको अवसरमा नेविसंघको संस्थापक कार्यसमितिको सम्मान, नेविसंघ एप सार्वजनीकरण रआगामी निर्वाचनमा नेविसंघको भूमिका विषयक विचार गोष्ठी कार्यक्रम गर्न लागेको हो । मंगलबार विहान ११ बजे प्रज्ञा प्रतिष्ठान कमलादीमा हुने उक्त कार्यक्रमलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्दैछन् । 

नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले स्थापन दिवसमा नेविसंघले आफ्ना संस्थापक सदस्यलाई सम्मान गर्ने लागेको रातोपाटीलाई बताए । उनले भने, ‘नेविसंघ तयारी समिति र संस्थाक कार्यसमितिका सदस्यलाई सम्मान गर्दैछौं । तयारी समितिमा ८ जना हुनुहुन्छ । संस्थापक कार्यसमितिका १४ जना सदस्य हुनुहुन्छ । जसमा ४ जनाको निधन भइसकेको छ । बाँकी आज उपस्थिति हुने सबैलाई सम्मान गर्न लागेका हौं ।’

कार्यक्रममा उपस्थित हुन नसक्नेको घरमै गएर सम्मान हस्तान्त्ररण गरिने शेर्पाले बताए । उनका अनुसार स्थापना दिवसका अवसरमा नेविसंघले आफ्नो एप सार्वजिनक गर्दै छ । नेविसंघको साधारण सदस्यतालाई अनलाइन प्रणालीमार्फत व्यवस्थित बनाइएको शेर्पाको भनाइ छ ।

कलेजमा छात्रामाथि शारीरिक तथा मानसिक पीडा दिने विभिन्न खालका घटना भएको अवस्था छ । ‘छात्रा साथीहरु सिधै, अभिभावकलाई भने प्रहरी कहाँ जाने सक्ने अवस्था छैन । उनीहरुले आफ्ना समकालीन साथीहरुसँग कुरा राख्न सक्छ,’ उनले भने, ‘त्यसलाई हामीले सहजीकरण गर्नका लागि नेविसंघको एपभित्र महिला नेतृत्व एउटा हुमेन क्विक रेस्पोन्स टीम बनाएका छौं ।’

उनका अनुसार उक्त टीमले पीडित विद्यार्थीको सूचना गोप्य राखेर कानुनी लडाइमा तत्काल सहजीकरण गर्ने छ । नेविसंघले अब ३० प्रतिशत राजनीति र सुशासन र बाँकी विद्यार्थीको मुद्दामा केन्द्रित हुने लक्ष्य रहेको शर्पाले बताए ।

नेविसंघको एपभित्र एउटा लर्निङ सेन्टेरको व्यवस्था छ । जसमा विभिन्न विषयमा निशुल्क नलाइन कक्षाको सुविधा हुने छ । उनका अनुसार लोक सेवा तयारी र  विभिन्न विषयको इन्टन्स तयारी आफैनै घरबाट गर्न पाउने व्यवस्था छ । नेपालमा पढाइहुने सबै विषयको नोट पनि एपमा हेर्न पाइनेछ । यो आजैबाट लागू हुन्छ ।

शेर्पाका अनुसार नेविसंले अहिले नोट लिएका प्रध्यापकलाई केही समयपछि रोयल्टीको व्यवस्था गर्ने छ । त्रिभुवन विश्व विद्यालयमा हेप्ल डेक्स स्थापनाका लागि दबाब दिरहेको छ । त्रिविले हेल्प डेक्स नबनाए नेविसंघ आफैले पनि स्थापना गर्ने शेर्पाले बताए । अध्यक्ष शर्पाका अनुसार उपत्यका बाहिर जाँदा नेविसंघका नेताहरुलाई होटेलमा बस्न नपाउने नियम लागू गरिएको छ । क्याम्पस, विश्वविद्यालय वा नेविसंघका नेताको घरमा मात्र बस्न पाइनुपर्ने आचारसंहिता लागू भएको उनको भनाइ छ ।  अध्यक्ष भएपछि शेर्पा आफै दुई जिल्लाको भ्रमणमा जाँदा सोही ठाउँका क्याम्पसको होस्टेलमा गएर बसेको उनले सुनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप