लोसपाबाट सिफारिस भएका वडाध्यक्ष मेयर बन्न एमालेमा प्रवेश
मङ्गलबार, ०६ वैशाख २०७९, १४ : ४६
मधेश प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिकाको मेयरका लागि लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट सिफारिस भएका जानकीराम साह मेयर बन्नका लागि नेकपा एमालेमा प्रवेश गरेका छन् । मंगलबार जनकपुरधाम–७ को वडाअध्यक्षमा निर्वाचित समेत रहेका साहले काठमाडौं स्थित बालकोटमा पुगेर एमालेका अध्यक्ष केपी शर्मा ओलीबाट टिका टालो गर्दै प्रवेश गरेका हुन् ।
मेयर पदका प्रत्यासी रहेका साहले लोसपाबाट टिकट पाउने सम्भावना नदेखेपछि लोसपालाई परित्याग गर्दै एमालेमा प्रवेश गरेका हुन् । लोसपा नेपालले जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदका लागि ५ जनाको नाम सिफारिस गरेको छ ।
लोसपा नेपालले मेयरका लागि प्रदेशसभा सदस्य परमेश्वर साह, जानकीराम साह, अमर पजियार, मनोज चौधरी र संजय कुमार चौधरीलाई सिफारिस गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुथीद्वारा साउदी अरबमाथि मिसाइल आक्रमण
-
हजारौँ करार र ज्यालादारी कर्मचारी हटाएर सरकारले नीतिगत भ्रष्टाचार गर्दै छ : सांसद राई
-
सरकारमाथि प्रतिपक्षी सांसदले औँला ठड्याए, सत्तापक्ष प्रमाण माग्दै सरकारको बचाउमा
-
सम्पत्ति छानबिनमा सरकारले राजनीति गर्यो, आफ्ना मन्त्री र सांसदलाई जोगाउन खोजियो : शाही
-
देशभरका २१ वटा सडक प्रभावित
-
ट्रम्पले आईआरएस मुद्दाको दुरुपयोग गरेको अमेरिकी न्यायाधीशको ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण