३७ डिग्री सेल्सियस तापक्रममा पनि भण्डारण गर्न सकिने कोभिड–१९ विरुद्धको खोप निर्माणमा भारतको महत्त्वपूर्ण सफलता
भारतले सामान्य कोठाको तापक्रममा चार हप्तासम्म राख्न सकिने कोभिड–१९ विरुद्ध काम गर्ने एक खोपको परीक्षणमा उल्लेख्य सफलता हासिल गरेको छ। मुसामा गरिएको परीक्षणमा सम्भावित खोपले उल्लेख्य एन्टीबडी निर्माण गरेको भाइरसेस नामक पिअर रिभ्यु जर्नलमा प्रकाशित आलेखमा उल्लेख छ।
‘तातो’ खोप बेङ्गलुरुमा रहेको माईनभ्याक्स ल्याबोरोटीज नामक कम्पनीले विकास गरेको हो। भारतको इण्डियन इन्स्टिच्युट आफ साईन्स ब्याङ्लोरको सरक्षणमा रहेको सो कम्पनीले निर्माण गरेको खोप भण्डारणको हिसाबले विशेष भिन्न छ।
खोपलाई ३७ डिग्री सेल्सियसको तापक्रममा चार हप्तासम्म भण्डारण गर्न सक्छ। अझ यो खोप पानी उम्लने तापक्रम अर्थात सय डिग्री सेल्सियसमा पनि ९० मिनेटसम्म बिग्रँदैन।
हिजो आज कोभिड–१९ विरुद्ध प्रयोग भइरहेका अधिकाशं खोप फ्रिजमा भण्डारण गर्नुपर्छ र तिनलाई केही घण्टाभन्दा बढि सामान्य तापक्रममा राख्न सकिँदैन।
परिक्षणमा रहेको खोपले हाल विस्तार भईरहेका कोरोनाभाईरसका सबै भेरियन्टविरुद्ध एण्टीबडी निर्माण गरेको अध्ययनले देखाएको छ।
हाल मुसामा गरिएको परीक्षणले यो सम्भावित खोप मानिसमा पनि परिक्षण गर्न उपयुक्त रहेको देखाएको अध्ययनमा सहभागी वैज्ञानिकहरुले बताएका छन्। महामारी सुरु भए यताका दुई वर्षमा कोभिड–१९ विरुद्धका १० अर्ब खोपहरू प्रयोगमा भईसकेका छन्। विश्वका झण्डै ४.४ अर्ब मानिसहरुले आवश्यक सम्पूर्ण डोज लगाईसकेका छन्।
तर विश्वमा अझै आधा जनसंख्या,जसमध्ये अधिकाशं न्युन आययुक्त मुलुकमा बसोबास गर्छन्, उनीहरुले खोपको एक डोज पनि पाएका छैनन्। यी मुलुकमा खोप भण्डारणको संयन्त्रको पनि राम्रो व्यवस्था छैन। त्यस्ता मुलुकको लागि र्माइनभ्याक्सको खोप प्रभावकारी हुन्छ।
द हिन्दूबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण