पुरुष कबड्डी : आर्मी र एपिएफ उपाधिका लागि भिड्ने
मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधिका लागि दुई विभागीय टोली नेपाल आर्मी क्लब र शसस्त्र प्रहरी बलको एपिएफ क्लब भिड्ने भएका छन् ।
अखिल नेपाल कबड्डी संघको आयोजनामा धनगढीमा भइरहेको राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधिका लागि बुधबार भिडन्त हुनेछ ।
सुदूरपश्चिम खेलकुद परिषद् मुख्य प्रबद्र्धक रहेको प्रतियोगिताको दोस्रो दिन लिग चरणका खेलहरु र सेमिफाईनल सम्पन्न भएका छन् ।
पहिलो सेमिफाइनलमा नेपाल आर्मी क्लबले लुम्बिनी प्रदेशलाई ४५(१२ ले हराउँदै उपाधि नजिक पुग्यो ।
दोस्रो सेमिफाइनल खेलमा एपिएफ क्लबले सुदूरपश्चिमलाई ३७(३२ ले हरायो ।
देशकै सर्वाधिक धनराशीको कबड्डी प्रतियोगिताको विजेताले नगद एक लाख ५० हजार उपविजेताले नगद ८० हजार र सेमिफाईनल पुगेका दुई टोली नगद ४० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र पाउने छन् ।
प्रतियोगिताको बुधबार सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री गोविन्द बोहोराले समापन गर्ने कार्यक्रम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अङ्ग्रेज फौज पराजित भएको ऐतिहासिक स्थलमा भारतीय पत्रकारको भ्रमण
-
झापामा घरेलु तथा साना उद्योगबाट दुई करोड ४१ लाख राजस्व सङ्कलन
-
यी निर्माण कम्पनी कालोसूचीमा परे (सूचीसहित)
-
'गौँथली'को आक्रामक व्यापारसँगै चम्किए अरुण
-
लुम्बिनी प्रादेशिक अस्पतालले माग्यो स्वास्थ्यकर्मी, कुन पदमा कति ?
-
लमजुङमा धन्सारमाथि पहिरो खस्दा २ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण