काठमाडौँमा वायु प्रदूषण बढ्दै
धुलो, धुवाँ र तुवाँलोका कारण काठमाडौँ लगायतका विभिन्न स्थानमा वायु प्रदूषण बढ्दै गएको छ। उपत्यकामा सोमबारदेखि राम्ररी आकाश खुलेको छैन। मौसम तातो छ, हावा कम चलेको छ। सर्वसाधारणले पनि अन्य दिनभन्दा तातो बढेको अनुभव गरेका छन्। मौसमविद् वरुण पौडेलले भने, “ठूलो वर्षा हुने सम्भावना छैन।” फाट्टफुट्ट पानी पर्न सक्ने अनुमान गरिएको छ। मौसम पूर्वानुमान महाशाखाले जनाएअनुसार देशका अधिकांश भागमा अबको दुई दिन आंशिकदेखि सामान्य बदली रहनेछ। तातो लहर अबका दिनमा बढ्ने महाशाखाले उल्लेख गरेको छ।
प्रिमनसुनको प्रक्रिया राम्ररी नचल्दा अत्यधिक गर्मी र तातो बढेको छ। वर्षा नभएकै कारण वायुमण्डलमा जम्मा भएको धुलोका कण आकाशमै रुमलिएको छ। वातावरण विभागले पनि वायु प्रदूषणकै कारण आकाश धुम्म भएको जनाएको छ। विभागका प्रवक्ता शङ्करप्रसाद पौडेलका अनुसार विभागले सूर्यको परावैजनी किरणको नापजाँच नगर्ने भएकाले त्यो विषयमा आफूलाई जानकारी नभएको बताए। उनले अहिले आकाश धुम्म हुनुका कारण तुवाँलो र वायु प्रदूषण रहेको दाबी गरे। विभागको वायु प्रदूषण गुणस्तर अनुगमन प्रणालीले पनि विगत २४ घण्टायता काठमाडौँको कीर्तिपुरमा उच्च वायु प्रदूषण रहेको देखाएको छ। कीर्तिपुरमा वायु प्रदूषण सूचकाङ्क १७२ रहेको छ। रारा तालसम्म वायु प्रदूषण फैलिएको छ । त्यहाँको वायु प्रदूषण सूचकाङ्क १५० पुगेको छ। आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण