काठमाडौं र पोखरामा के होला ?
सत्तारूढ पाँच राजनीतिक दलले महानगरपालिका र उपमहानगरपालिकाको प्रमुख तथा उपप्रमुखमा भागबन्डा गरेसँगै सबैको ध्यान काठमाडौं र पोखरा महानगरपालिकामा केन्द्रित भएको छ। उम्मेदवार मनोनयन दर्ताको समय नजिक आइसक्दा पनि गठबन्धन दलले आफ्ना उम्मेदवार छनोट गरेका छैनन् ।
प्रमुख प्रतिपक्षी एमाले मातहतका कमिटीबाट काठमाडौंसहित ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकाका लागि उम्मेदवार सिफारिस भइसकेका छन् । भरतपुर, ललितपुर र वीरगन्ज महानगरपालिकाका लागि भने एकल उम्मेदवार छनोट गरी सिफारिस गरिएको छ ।
सिफारिस उम्मेदवारलाई केन्द्रले अनुमोदन गर्न बाँकी छ। घोषणापत्र निर्माणमा लागेको एमाले मूल नेतृत्वले महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकामा सकेसम्म विवादरहित उम्मेदवार छनोट गर्ने तयारी गरेको छ। उसले विगतको मत परिणाम र प्रतिस्पर्धी कांग्रेस वा गठबन्धनका सम्भावित उम्मेदवारलाई हेरेर मात्र आफ्ना उम्मेदवार तोक्ने छ । यो समाचार नागरिक दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण