पुराना प्रश्नपत्र अभ्यास गरेर उत्तीर्ण हुन कठिन
पुराना प्रश्नपत्रको सँगालो अभ्यास गरेका भरमा कक्षा ८, १० र १२ को परीक्षाबाट अब सहजै पार पाउन सकिने छैन । पालिकाले सञ्चालन गर्ने कक्षा ८, माध्यमिक शिक्षा परीक्षा (एसईई) र केन्द्रीयस्तरमा सञ्चालन हुने कक्षा १२ को परीक्षामा वर्षैपिच्छे प्रायः प्रश्न दोहोरिने गरेका छन् । यसैका कारण पुराना प्रश्नपत्रको सँगालो र गेस पेपरको व्यापार निकै फस्टाएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा ८, १० र १२ का लागि स्तरीकृत प्रश्नपत्र तयार गरेर प्रश्न बैङ्क निर्माण गर्दै छ । बोर्डले बुधबार आयोजना गरेको कार्यशालामा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले परीक्षा प्रणालीमा सुधार गर्नु जरुरी भएको बताउँदै भने, “स्तरीकृत प्रश्नपत्रको बैङ्कमा सयौँ नमुना प्रश्नपत्र समावेश हुनेछ । पलिका वा प्रदेशको पहुँच प्रश्न बैङ्कमा पुर्याइनेछ । उनीहरूले त्यहीँबाट इच्छाअनुसार प्रश्नपत्र तयार गर्न सक्नेछन् ।” उनले कम्तीमा पाँच वर्षसम्म प्रश्न दोहोरिन नदिने बताए । यसबाट पुराना प्रश्नपत्रको सँगालो विस्थापित हुने दाबी गरिएको छ ।
बोर्डले शैक्षिक सत्र २०७९ बाट एसईई र कक्षा १२ मा तथा आगामी शैक्षिक सत्र २०८० बाट कक्षा ८ मा स्तरीकृत प्रश्नपत्र लागू गर्ने भएको छ । स्तरीकृत प्रश्नपत्रका कारण पालिका र प्रदेशको प्रश्नपत्र समानस्तरको हुनेछ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण