सिटी शीर्ष स्थानमा उक्लियो
बिहीबार, ०८ वैशाख २०७९, ०६ : ४२
म्यानचेस्टर सिटी प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । बुधबार राति भएको खेलमा सिटीले ब्राइटनलाई हराउँदै शीर्ष स्थानमा आफूलाई स्थापित गरेको हो ।
सिटीले ब्राइटनलाई ३–० ले पराजित गर्यो । सिटीलाई जित दिलाउन रियाद महरेज, फिल फोडेन र बेर्नार्डो सिल्भाले एक–एक गोल गरे । घरेलु मैदानमा पहिलो हाफ गोलरहित बराबरी खेलेको सिटीले तीनै गोल दोस्रो हाफमा गरेको हो । खेलको ५३ औँ मिनेटमा महरेजले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए ।
फोडेनले सिटीका लागि ६५ औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे । ८२ औँ मिनेटमा सिल्भाले गोल गर्दै सिटीलाई ३–० को जित दिलाए । जितसँगै सिटीले ३२ खेलमा ७७ अङ्क जोडेर तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । सिटी दोस्रो स्थानको लिभरपुल भन्दा १ अंकले अघि छ । पराजित ब्राइटन ४० अङ्क जोडेर दशौँ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण