शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

सिटी शीर्ष स्थानमा उक्लियो

बिहीबार, ०८ वैशाख २०७९, ०६ : ४२
बिहीबार, ०८ वैशाख २०७९

म्यानचेस्टर सिटी प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । बुधबार राति भएको खेलमा सिटीले ब्राइटनलाई हराउँदै शीर्ष स्थानमा आफूलाई स्थापित गरेको हो ।

सिटीले ब्राइटनलाई ३–० ले पराजित गर्‍यो । सिटीलाई जित दिलाउन रियाद महरेज, फिल फोडेन र बेर्नार्डो सिल्भाले एक–एक गोल गरे । घरेलु मैदानमा पहिलो हाफ गोलरहित बराबरी खेलेको सिटीले तीनै गोल दोस्रो हाफमा गरेको हो । खेलको ५३ औँ मिनेटमा महरेजले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए ।

फोडेनले सिटीका लागि ६५ औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे । ८२ औँ मिनेटमा सिल्भाले गोल गर्दै सिटीलाई ३–० को जित दिलाए । जितसँगै सिटीले ३२ खेलमा ७७ अङ्क जोडेर तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । सिटी दोस्रो स्थानको लिभरपुल भन्दा १ अंकले अघि छ । पराजित ब्राइटन ४० अङ्क जोडेर दशौँ स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप