गठबन्धन दलले प्रदेश १ का तीन जिल्लामा भागबण्डा टुंग्याए
सत्तारुढ गठबन्धनले प्रदेश १ का तीन जिल्लामा भागबण्डा टुंग्याएको छ । ताप्लेजुङ, खोटाङ र भोजपुरमा गठबन्धन दलहरुबीच भागबण्डा टुंगिएको हो । यसबाहेक धनकुटा, तेह्रथुम, सोलुखुम्बु र ओखलढुंगामा केही प्राविधिक विषयमात्रै मिल्न बाँकी रहेको गठबन्धन दलका नेताहरुले बताएका छन् ।
ताप्लेजुङमा ७ वटा पालिकाको प्रमुख÷अध्यक्ष नेपाली काँग्रेसले पाउने भएको छ भने माओवादी केन्द्रले २ वटा पालिकाको अध्यक्ष पाउने सहमति भएको छ । नेकपा एकीकृत समाजवादीले भने उपाध्यक्षमा चित्त बुझाउने भएको छ ।
ताप्लेजुङको भागबण्डा
१) मैवाखोला गाउँपालिका– अध्यक्ष, माओवादी केन्द्र, उपाध्यक्ष, नेपाली काँग्रेस
२) आठराई त्रिवेणी गाउँपालिका– अध्यक्ष, नेपाली काँग्रेस, उपाध्यक्ष माओवादी केन्द्र
३) मिक्वाखोला गाउँपालिका– अध्यक्ष, नेपाली काँग्रेस, उपाध्यक्ष माओवादी केन्द्र
४) मेरिङ्देन गाउँपालिका – अध्यक्ष, नेपाली काँग्रेस, उपाध्यक्ष नेकपा (एकीकृत समाजवादी)
५) फक्ताङ्लुङ गाउँपालिका– अध्यक्ष, माओवादी केन्द्र, उपाध्यक्ष नेपाली काँग्रेस
६) फुङ्लिङ नगरपालिका– प्रमुख, नेपाली काँग्रेस, उपप्रमुख माओवादी केन्द्र
७) पाथिभरा याङ्वरक गाउँपालिका– अध्यक्ष, नेपाली काँग्रेस, उपाध्यक्ष माओवादी केन्द्र
८) सिदिङ्वा गाउँपालिका– अध्यक्ष, नेपाली काँग्रेस, उपाध्यक्ष माओवादी केन्द्र
९) सिरिजंघा गाउँपालिका– अध्यक्ष, नेपाली काँग्रेस, उपाध्यक्ष माओवादी केन्द्र
१०) जिल्ला समन्वय समिति– प्रमुख, माओवादी केन्द्र, उपप्रमुख नेकपा (एकीकृत समाजवादी)
यसैगरी भोजपुरमा पनि गठबन्धन दलहरुबीच भागबण्डा टुंगिएको छ । भोजपुरमा दुईवटा पालिकामा स्वस्थ प्रतिस्पर्धा गर्ने पनि सहमति भएको छ । बाँकीमा काँग्रेसले ५ पालिका, माओवादी केन्द्रले २ र नेकपा एसले २ वटा उपाध्यक्ष तथा जनता समाजवादी पार्टीले जिल्ला समन्वय समितिको प्रमुख पाउने सहमति भएको छ ।
पालिकाको विवरणः
१) रामप्रसाद राई गाउँपालिका– अध्यक्ष, नेकपा माओवादी केन्द्र, उपाध्यक्ष नेपाली काँग्रेस
२) पौवादुङमा गाउँपालिका– अध्यक्ष, नेकपा माओवादी केन्द्र, उपाध्यक्ष नेपाली काँग्रेस
३) हतुवागढी गाउँपालिका– अध्यक्ष, नेपाली काँग्रेस, उपाध्यक्ष, नेकपा माओवादी केन्द्र
४) भोजपुर नगरपालिका– प्रमुख, नेपाली काँग्रेस, उप–प्रमुख नेकपा (एकीकृत समाजवादी)
५) षडानन्द नगरपालिका– प्रमुख, नेपाली काँग्रेस, उपप्रमुख नेकपा माओवादी केन्द्र
६) टेम्केमैयुङ गाउँपालिका – अध्यक्ष नेपाली काँग्रेस, उपाध्यक्ष नेकपा एकीकृत समाजवादी
७) साल्पा सिलिछो गाउँपालिका– अध्यक्ष नेपाली काँग्रेस, उपाध्यक्ष नेकपा माओवादी केन्द्र
८) जिल्ला समन्वय समितिको प्रमुख– जनता समाजवादी पार्टी, नेपाल, उपप्रमुख नेकपा माओवादी केन्द्र
९) आम्चौक र अरुण गाउँपालिकामा गठबन्धन दलहरूकाबीच मात्रै स्वस्थ प्रतिस्पर्धा गर्ने । गठबन्धन दलहरूबाहिर गठबन्धन गरे पार्टीले सख्त कार्बाहीको विषय बनाउने ।
यसैबीच खोटाङ जिल्लामा पनि गठबन्धन दलहरुबीच सहमति भएको छ । सहमति अनुसार ३ वटामा काँग्रेस, ३ वटामा माओवादी तथा चार दलबीच सहमति हुन नसकेका ४ वटा पालिकामा काँग्रेस बाहेकका तीन दलको गठबन्धन बनेको छ ।
प्राप्त विवरण अनुसार खोटाङकमो दिग्तेल रुपाकोट मझुवागढी नगरपालिकाको प्रमुखमा काँग्रेस, उपाध्यक्षमा माओवादी केन्द्र, बराहपोखरी गाउँपालिकाको अध्यक्षमा काँग्रेस र उपप्रमुखमा नेकपा एस, रावाबेंसी गाउँपालिका अध्यक्षमा काँग्रेस र उपाध्यक्षमा माओवादी केन्द्र, ऐंसेलुखर्क गाउँपालिका अध्यक्षमा माओवादी र उपाध्यक्षमा काँग्रेस, खोटेहाङ गाउँपालिकाको अध्यक्षमा माओवादी र उपाध्यक्षमा काँग्रेस, जन्तेढुंगा गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्र र उपाध्यक्षमा नेपाली काँग्रेसका उम्मेद्वार हुने सहमति भएको छ ।
यस्तै काँग्रेसबाहेक माओवादी केन्द्र, नेकपा एस र जनता समाजवादी पार्टीबीच खोटाङका चार पालिकामा छुट्टै सहमति भएको छ । त्यहाँ काँग्रेस, एमाले र अन्य गठबन्धन दलबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ ।
जसअनुसार हलेसी तुवाचुङ नगरपालिकाको प्रमुख र उपप्रमुखमा माओवादी केन्द्र, केपिलासगढी गाउँपालिकाको अध्यक्षमा नेकपा एस र उपाध्यक्षमा जनता समाजवादी, सकेला गाउँपालिका अध्यक्षमा माओवादी केन्द्र र उपाध्यक्षमा जसपा, दिप्रुङ चुईचुम्माको दुवै अध्यक्ष र उपाध्यक्ष पदमा माओवादी केन्द्रले नै पाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण