सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

मारिओपोल युक्रेनबाट मुक्त : पुटिन

बिहीबार, ०८ वैशाख २०७९, १५ : १०
बिहीबार, ०८ वैशाख २०७९

मस्को–रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको पूर्वी बन्दरगाह सहर मारिओपोललाई मुक्त गरिएको बताएका छन् । उनले युक्रेनी सहरको स्टिल कारखानामा आक्रमण गर्नुको सट्टा घेराबन्दी गर्न रुसी सेनालाई आदेश दिएका छन् । 

‘युक्रेनी सेनाले नियन्त्रण कायम गर्न संघर्ष गरिरहेको मारिओपोलबाट  विस्थापितहरू बोकेका चारवटा बस सहर छोडेका छन्’, युक्रेन सरकारले बिहीबार भनेको छ ।

चारवटा खाली बसहरू मानवीय करिडोरमार्फत सहर छोड्न सफल भएको युक्रेनी उपप्रधानमन्त्री इरिना भेरेश्चुकले सामाजिक सञ्जालमा भनेकी छिन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप