श्रीलङ्कामा मास्क हटाउने निर्णय खारेज
श्रीलङ्काको स्वास्थ्य मन्त्रालयले बिहीबार मास्क लगाउनु पर्ने नियमलाई हटाउने पूर्व निर्णयलाई पुनरावलोकन गर्दै सार्वजनिक स्थलमा मास्कलाई अनिवार्य लगाउनु पर्ने निर्णय गरेको छ ।
सरकारले यसअघि मास्क लगाउनुपर्ने नियमलाई केही खुकुलो पार्ने नीति लिएको थियो ।
मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ, “देशभर भइरहेका ठूला सार्वजनिक सभालाई ध्यानमा राखेर सार्वजनिकस्थलमा रहँदा मास्क लगाउनु पुनः अनिवार्य गरिएको छ ।”
मेडिकल टेक्नोलोजिकल सर्विसेजका निर्देशक अन्भर हमदानीले सञ्चारमाध्यमलाई बताएअनुसार गत हप्ता एउटा प्राविधिक समितिले मानिसहरूलाई मुखमा मास्क लगाउन वा नलगाउन स्वतन्त्रता दिने निर्णय गरेको थियो ।
उनले भने, “विशेषज्ञहरूको उचित परामर्श बिना हतारमा निर्णय घोषणा गरिएको थियो । यसलाई पुनः विचार गरिएको छ ।”
श्रीलङ्काले सन् २०२० को अक्टोबरमा कोरोनाभाइरस क्वारेन्टाइन नियमावली जारी गर्दै सार्वजनिक स्थलमा मास्क लगाउने र सामाजिक दुरी कायम राख्ने निर्णय सार्वजनिक गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गीत विवादमा प्रकाश दुतराज : विकृति–विसङ्गति केलाउन खोजेको हो
-
छाया सेन्टर विवाद : संयुक्त राष्ट्र संघीय विज्ञहरूद्वारा चिन्ता व्यक्त
-
सहकारी ठगीको मुद्दा पेचिलो बनेपछि कांग्रेसले बोलायो संसदीय दलको बैठक
-
‘संसद्मा सहकारी ठग जोगाउने र कारबाही गर्ने पक्ष देखियो’
-
सहकारी नियमनमा किन कमजोर भयो स्थानीय सरकार ?
-
निवर्तमान मुख्यमन्त्री केदार कार्कीले छाडेनन् निवास