श्रीलङ्कामा मास्क हटाउने निर्णय खारेज
श्रीलङ्काको स्वास्थ्य मन्त्रालयले बिहीबार मास्क लगाउनु पर्ने नियमलाई हटाउने पूर्व निर्णयलाई पुनरावलोकन गर्दै सार्वजनिक स्थलमा मास्कलाई अनिवार्य लगाउनु पर्ने निर्णय गरेको छ ।
सरकारले यसअघि मास्क लगाउनुपर्ने नियमलाई केही खुकुलो पार्ने नीति लिएको थियो ।
मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ, “देशभर भइरहेका ठूला सार्वजनिक सभालाई ध्यानमा राखेर सार्वजनिकस्थलमा रहँदा मास्क लगाउनु पुनः अनिवार्य गरिएको छ ।”
मेडिकल टेक्नोलोजिकल सर्विसेजका निर्देशक अन्भर हमदानीले सञ्चारमाध्यमलाई बताएअनुसार गत हप्ता एउटा प्राविधिक समितिले मानिसहरूलाई मुखमा मास्क लगाउन वा नलगाउन स्वतन्त्रता दिने निर्णय गरेको थियो ।
उनले भने, “विशेषज्ञहरूको उचित परामर्श बिना हतारमा निर्णय घोषणा गरिएको थियो । यसलाई पुनः विचार गरिएको छ ।”
श्रीलङ्काले सन् २०२० को अक्टोबरमा कोरोनाभाइरस क्वारेन्टाइन नियमावली जारी गर्दै सार्वजनिक स्थलमा मास्क लगाउने र सामाजिक दुरी कायम राख्ने निर्णय सार्वजनिक गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण