किराँत जनवादी वर्कर्सका कार्यकर्ता रिहाइ प्रक्रिया सुरु
गृह मन्त्रालयले किराँत जनवादी वर्कर्स पार्टीका नेता कार्यकर्ता रिहाइ र मुद्दा फिर्ता प्रक्रिया सुरु गरेको छ ।
उक्त पार्टीले पक्राउ परेका नेता कार्यकर्ताको रिहाइ र लगाइएका मुद्दा फिर्ता प्रक्रिया सुरु गरेमा राष्ट्रिय राजनीतिको मूल प्रवाहमा आउने र स्थानीय निर्वाचनमा भाग लिने बताएपछि सो पार्टीका नेता कार्यकर्ताको रिहाइ र कानुनअनुरुप फिर्ता लिन मिल्ने मुद्दा फिर्ता लिने प्रक्रिया सुरु गरिएको हो ।
मन्त्रालयका प्रवक्ता तथा शान्ति सुरक्षा महाशाखा प्रमुख फणीन्द्रमणि पोखरेलले किराँत जनवादी वर्कर्स पार्टीका नेता कार्यकर्ता रिहाइ र मुद्दा फिर्ताको आवश्यक प्रक्रिया थालिएको जानकारी दिए ।
उक्त पार्टी र मूलधारको राजनीतिभन्दा बाहिर रहेका शक्तिबीच वार्ता गर्न गठित प्रारम्भिक वार्ता उपसमितिबीच २०७१ साउन ११ गते वार्ता सम्पन्न भएको थियो । त्यही सहमतिको जगमा विभिन्न समयमा भएका अनौपचारिक वार्तापछि अहिले विभिन्न आरोपमा थुनामा रहेका नेता कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता लिएमा मूलधारको राजनीतिमा आउने र निर्वाचनमा सहभागी हुने प्रतिबद्धता आएपछि सरकारले आवश्यक तयारी थालेको हो । उसले पूर्वी नेपालमा आफ्ना क्रियाकलाप गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढेको अण्डाको मूल्य आजदेखि लागू, कति पुग्यो प्रति क्रेट ?
-
न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा वर्षाको सम्भावना
-
धुलिखेल खानेपानी आयोजना पुनः निर्माण
-
चरा संरक्षणसँगै पर्यटन प्रवर्द्धनमा जोड
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
‘एआई एक्स-रे’बाट क्षयरोग सङ्क्रमित खोज्दै तुलसीपुर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण