केकीपछि वर्षा सिवाकोटीले गरिन् बिहे
शुक्रबार, ०९ वैशाख २०७९, २३ : १७
अभिनेत्री वर्षा सिवाकोटी वैवाहिक बन्धनमा बाँधिएकी छिन् । उनले शुक्रबार नागार्जुन रानीवनस्थित रेसु भिल्लामा निकटस्थहरुको उपस्थितिमा बिहे गरेकी हुन् ।
भिल्लाकी मेनेजर अनिता विमलीले वर्षाले शुक्रबार बिहे गरेको पुष्टि गरिन् । परिवारका सदस्य र सीमित निकटस्थसँगको उपस्थितिमा शुक्रबार भिल्लामा वैवाहिक कार्यक्रम सम्पन्न भएको उनको भनाइ छ ।
सिवाकोटीले अमेरिकामा बसोबास गर्ने प्रेमीसँग बिहे गरेको बताइएको छ। उनको नाम आशिष भनिएपनि पूरा विवरण खुलाइएको छैन । वर्षा र आशिष केही समयदेखि प्रेम सम्बन्धमा रहेको बताइएको छ ।
वर्षा केही महिनाअघि मात्रै अमेरिका पुगेकी थिइन् । अमेरिका बसाइका क्रममा नै उनले बिहेको टुंगो लगाएर नेपाल फर्किएको निकटस्थहरुको भनाइ छ । बिहीबारमात्रै अभिनेत्री केकी अधिकारी पनि वैवाहिक बन्धनमा बाँधिएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
-
शनिबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
-
दाङमा ट्राफिक प्रहरीद्वारा १ करोड ५० लाख भन्दा बढी राजश्व सङ्कलन
-
आन्तरिक राजस्व कार्यालय विराटनगरद्वारा रु १० अर्ब राजस्व सङ्कलन
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण