आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

केकीपछि वर्षा सिवाकोटीले गरिन् बिहे

शुक्रबार, ०९ वैशाख २०७९, २३ : १७
शुक्रबार, ०९ वैशाख २०७९

अभिनेत्री वर्षा सिवाकोटी वैवाहिक बन्धनमा बाँधिएकी छिन् । उनले शुक्रबार नागार्जुन रानीवनस्थित रेसु भिल्लामा निकटस्थहरुको उपस्थितिमा बिहे गरेकी हुन् । 

भिल्लाकी मेनेजर अनिता विमलीले वर्षाले शुक्रबार बिहे गरेको पुष्टि गरिन् । परिवारका सदस्य र सीमित निकटस्थसँगको उपस्थितिमा शुक्रबार भिल्लामा वैवाहिक कार्यक्रम सम्पन्न भएको उनको भनाइ छ । 

 सिवाकोटीले अमेरिकामा बसोबास गर्ने प्रेमीसँग बिहे गरेको बताइएको छ।  उनको नाम आशिष भनिएपनि पूरा विवरण खुलाइएको छैन ।  वर्षा र आशिष केही समयदेखि प्रेम सम्बन्धमा रहेको बताइएको छ । 

 वर्षा केही महिनाअघि मात्रै अमेरिका पुगेकी थिइन् । अमेरिका बसाइका क्रममा नै उनले बिहेको टुंगो लगाएर नेपाल फर्किएको निकटस्थहरुको भनाइ छ ।  बिहीबारमात्रै अभिनेत्री केकी अधिकारी पनि वैवाहिक बन्धनमा बाँधिएकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप