खाने हैन त मीठो मटन सेकुवा ? (भिडियो)
कालीमाटी चोकबाट करिब ५ सय मिटर पश्चिममा छ, ‘कालीमाटी सेकुवा एण्ड फेमिली रेष्टुरेन्ट’ । करिब १२ वर्षदेखि सञ्चालनमा रहेको यो रेष्टुरेन्टलाई सम्हालिरहेका छन् अर्घाखाँचीका रामप्रसाद पोखरेल । थुप्रै व्यावसायमा संलग्न रहेका पोखरेल अधिकांश समय यही सेकुवा कर्नरमै व्यस्त देखिन्छन् ।
कुखुरा र खसीको मात्र सेकुवा पस्कने यस रेष्टुरेन्टले अन्य विभिन्न नेपाली तथा इन्डियन खाना पस्कने गरेको छ । यद्यपि यहाँको खास विशेषता भनेकै सेकुवा हो । सानै उमेरमा काठमाडौं छिरेका पोखरेल भारतका विभिन्न स्थानमा सीप सिकेर नेपाल फर्किए । व्यावसायिक जीवनमा अनेकन चुनौती झेल्दै यहाँसम्म आइपुगेका पोखरेल नेपालमै उद्यमशील हुन पाउनुलाई गौरव मान्छन् । स्वदेशमै आत्मनिर्भर भएर देशको होटेल तथा टुरिजम क्षेत्रमा थोरै भएपनि टेवा पुर्याउन पाएकोमा खुसी छन् ।

अझ, हरेक दिन आउने थरिथरिका पाहुनाको स्वागत गर्दै पाहुनाको रुची र चाहना अनुसारको खाना पस्किएर खुसी बनाउने पाएकोमा उनी सन्तुष्ट छन् । नेपालको वित्तिय बजारमा आफू जस्ता मध्यम व्यावसायीलाई कठिनाइका चाङ रहेपनि कर्ममा विश्वास गरेर दुःख र मिहिनेत गर्न सके स्वदेशमै मनग्गे आम्दानी गर्न सकिने उनको अनुभव छ ।
विभिन्न व्यावसायमा लगानी रहे पनि उनी मिहिनत गर्न हिचकिचाउँदैनन् । आफ्नो सीप, क्षमता र दक्षतालाई सदुपयोग गर्नुपर्छ भन्ने ध्येय बोकेका पोखरेल रातोपाटीको टीम पुग्नासाथ रेष्टुरेन्टको विशेषता सेकुवा बनाउन तयार भए । आजको ‘खानाबार’ सेगमेन्टमा हामीले उनै पोखरेलको ‘कालीमाटी सेकुवा एण्ड फेमिली रेष्टुरेन्ट’मा तयार हुने स्वास्थ्यवद्र्धक अनि स्वादिलो मटन सेकुवा र यसको रेसिपीबारे प्रस्तुत गरेका छौं ः
सेकुवा बनाउन चाहिने रेसिपी
आवश्यक मात्रामा... मासु
नून
अदुवा लसुनको पेस्ट
मिट मसला (बीएमसी)
जिरा धुलो
खुर्सानीको धुलो
बेसार
तोरीको काँचो तेल
उल्लेखित आवश्यक सामग्रीसहति मटन तथा चिकेन सेकुवा बनाउने विधिसहितको यो भिडियोः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ह्वाट्सएपको नयाँ सुविधामा भारतको आपत्ति
-
एउटै विद्यालयमा तीन वर्ष पूरा भएका शिक्षकको सरुवा अनिवार्य, केहीलाई भने छुट
-
आङ सान सुकीको अवस्था अज्ञात
-
न्युजिल्याण्ड पठाउने प्रलोभनमा ९ लाख ८० हजार ठगी गर्ने भारतीय नागरिक पक्राउ
-
फिफा विश्वकप २०२६ का १२ अद्वितीय प्रतिभा
-
कानून मिच्ने 'आरके म्यानपावर'माथि वैदेशिक रोजगार विभागको डण्डा, जरिवानासहित कडा कारबाही !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण