मिटरब्याजी खोज्दै सप्तरीबाट धरान
सप्तरीको खडक नगरपालिका-६ का छेदीलाल पासवानलाई व्यापार गर्न पैसा चाहियो। बैंकिङ प्रक्रिया झन्झटिलो हुने भएपछि उनी खडक-७ का रामदेव साहु तेलीकहाँ पुगे। पासवानले तेलीबाट दोस्रोपटक पनि ऋण पाए। त्यसबापत पासवानले आफ्नो १६ कट्ठा १ धुर जग्गा तेलीका नाममा राजीनामा पास गरिदिए। तेली मिटर ब्याजमा ऋण लगाउने व्यक्ति हुन् । पासवानले पहिलोपटकको कारोबार गर्दा इमानदारीपूर्वक नै पैसा चुक्ता गरेपछि तेलीले जग्गा पनि फिर्ता गरिदिएका थिए।
पछिल्लोपटक भने पासवानले तेलीबाट धोका पाए। उनले ब्याजसहित १६ लाख ऋण चुक्ता गरे तर जग्गा फिर्ता पाएनन् । पासवानले सप्तरी प्रहरी प्रशासन, अदालतलाई गुहार्न थालेको एक वर्षभन्दा बढी समय बितिसक्यो तर अझै तेली फेला परेका छैनन् । राजविराजबाट डेरा सर्दैसर्दै तेली पछिल्लो समय धरानमा आएको खबर सुनेका पीडित छेदीलालसहित सातजना शुक्रबार दोस्रोपटक धरान आए। आजको नागरिक दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण