वडाध्यक्षले कुटे सचिवलाई
सर्लाहीमा एक जनप्रतिनिधिले राजीनामा दिइसकेपछि सचिवलाई कुटपिट गरेका छन् । सर्लाहीको बलरा नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष अवधेश मण्डलले वडाका सचिव रामेश्वर पण्डितलाई कुटेका हुन् ।
शुक्रबार दिउँसो वडाध्यक्षबाट राजीनामा दिएर वडाको सबै सरसामान बरबुझारथ गरेर ल्याएको भरपाईमा सही गर्न नमानेका कारण मण्डलले आफूलाई कुटेको पण्डितले बताए । ‘वडा कार्यालयमा भएका सबै सामान बरबुझारथ गरेको र आफूले जिम्मा लिएको कागज गरिदिएको थिएँ’, उनले भने, ‘उनले फेरि अर्को कागज ल्याए, जुन कागजमा मैले सही गर्न मिल्ने थिएन, त्यसका सही गर्दिन भनेपछि मलाई कुर्सीले हाने ।’
उनले वडाध्यक्षले सही गर्न लगाएको कागजपत्र नगरपालिकाले मात्र प्रमाणित गर्न मिल्ने खालको भएको बताए । वडाअध्यक्षको कुटाइबाट घाइते भएका सचिव पण्डितलाई स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरेपछि थप उपचारका लागि सर्लाही अस्पतालमा पठाइएको थियो । तर वडाध्यक्ष मण्डलले भने आफूले कसैलाई कुटपिट नगरेको दाबी गरे । उनले भने, ‘वडा कार्यालयमा के भएको हो मलाई थाहा छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण