एमालेले मोरङका पालिकाहरुमा उम्मेदवार टुंग्यायो

स्थानीय निर्वाचनका लागि नेकपा (एमाले)ले मोरङका पालिकाहरुमा उम्मेदवार टुंगो लगाएको छ । नाम भने सार्वजनिक गरिएको छैन । स्रोतका अनुसार मोरङको सुनवर्षी नगरपालिकाको प्रमुखमा श्याम गनगाई र उपप्रमुखमा मीराकुमारी दासको नाम टुंग्याइएको छ ।
यस्तै रतुवामाई नगरपालिकाको प्रमुखमा दुर्गा विष्ट, उपप्रमुख दमयन्ता चुँडाल, रंगेली नगरपालिकाको प्रमुखमा दीलिप अग्रवाल र उपप्रमुखमा भूमा पराजुली निरौलाको नाम टुंगो लगाइएको छ । यस्तै धनपालथान गाउँपालिकाको अध्यक्षमा मसहरु मण्डल, जहदा गाउँपालिकाको उपाध्यक्षमा अनिता सोरेनको टुंगो लागेको छ ।
एमालेले कटहरी गाउँपालिकाको अध्यक्षमा सुवास सरदार र उपाध्यक्षमा सीता राजवंशी, ग्रामथान गाउँपालिकाको अध्यक्षमा शिवनारायण माझी र गुणावती धामी, बुढीगंगा गाउँपालिकाको अध्यक्षमा बलभद्र सरदार र उपाध्यक्षमा तुलसा विष्ट, लेटाङ नगरपालिकाको मेयरमा भुपेन्द्र लावती र उपमेयरमा कृष्णकुमारी निरौला, बेलबारीको मेयरमा ज्ञानेन्द्र सुवेदी, केराबारी गाउँपालिकाको अध्यक्षमा सुमन मिरिङछिनको नाम टुंग्याएको छ ।
एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले आजै बेलुकासम्ममा सबै पालिकाको उम्मेदवारको नामावली सार्वजनिक गरिने बताए । विराटनगरसहित आजै सबै उम्मेदवारको विवरण सार्वजनिक गरिने उनको भनाइ छ । २०७४ को स्थानीय तह निर्वाचनमा एमालेले मोरङमा ५ वटा पालिकाको प्रमुख÷अध्यक्ष जितेको थियो । भने ५ वटा पालिकाको उपप्रमुख/उपाध्यक्षमा विजयी भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयआर्जनका लागि ‘होमस्टे’मा जोडिँदै महिला
-
अमेरिकी सांसद बर्नी स्यान्डर्सको आरोपः ‘यो युद्ध नेतन्याहूले सुरु गरेका हुन्’
-
इरान र इजरायलका नागरिकलाई फोनमा नक्कली आपत्कालीन सन्देशहरू प्राप्त
-
‘वर्षायाममा मेलम्चीको पानी काठमाडौँमा नियमित वितरण हुन्छ’
-
ट्रम्पले इजरायल–इरान तनाव घटाउने जी –७ प्रस्तावमा हस्ताक्षर नगर्ने
-
इजरायली आक्रमणमा इरानी राज्य टेलिभिजन निशानामा, सीपीजेद्वारा कडा निन्दा