बार्सिलोनाको महिला टोलीको खेलमा रेकर्ड दर्शक
शनिबार, १० वैशाख २०७९, १५ : २५

बार्सिलोनाको महिला फुटबल टोलीले च्याम्पियन्स लिगको सेमिफाइनल खेलमा दर्शकको उपस्थितिको रेकर्ड बनाएको छ । सेमिफाइनलको पहिलो लेगमा वुल्फ्सवर्गलाई हराउने क्रममा क्याम्प नाउमा रेकर्ड ९१ हजार ६४८ दर्शक उपस्थित थिए । यसअघि क्वार्टरफाइनलमा चिरप्रतिद्वन्द्वी रियल म्याड्रिडलाई हराउने क्रममा महिला टोलीले ९१ हजार ५५३ जना दर्शक बटुल्न सफल भएको थियो ।
गत सिजन ट्रेबल जितेको स्पेनिस च्याम्पियनले खेलको १० मिनेटमा नै २–० को अग्रता बनाएको थियो । ऐटाना बोनमाटी र क्यारोलिनले बार्सिलोलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि जेनी हरमोसो र कप्तान एलेक्सिया पुटेलासले बार्साको अग्रता फराकिलो पारे । वुल्फ्सवर्गका जिल रुडले दोस्रो हाफमा एक गोल फर्काए पनि पुटेलासले पेनाल्टीबाट गोल गर्दै ५–१ को जीत दिलाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माध्यामिक तहमा स्वास्थ्य विषयलाई अनिवार्य बनाउन माग
-
काठमाडौँसहित देशका विभिन्न क्षेत्रमा हावाहुरी र वर्षा
-
शान्तिका लागि तयार नभएसम्म राष्ट्रपति पुटिनमाथि दबाब बढाइन्छ : युरोपेली सङ्घ प्रमुख
-
आईसीसी विश्वकप लिग २ शृंखला : एकदिवसीय अभ्यास खेलमा नेपालको जित
-
चितुवाको आक्रमणबाट मृत्यु भएका १४ परिवारलाई १ करोड बढी क्षतिपूर्ति
-
प्रधानमन्त्री ओलीद्वारा सगरमाथा संवादका अतिथिको सम्मानमा रात्रिभोज