बार्सिलोनाको महिला टोलीको खेलमा रेकर्ड दर्शक
शनिबार, १० वैशाख २०७९, १५ : २५
बार्सिलोनाको महिला फुटबल टोलीले च्याम्पियन्स लिगको सेमिफाइनल खेलमा दर्शकको उपस्थितिको रेकर्ड बनाएको छ । सेमिफाइनलको पहिलो लेगमा वुल्फ्सवर्गलाई हराउने क्रममा क्याम्प नाउमा रेकर्ड ९१ हजार ६४८ दर्शक उपस्थित थिए । यसअघि क्वार्टरफाइनलमा चिरप्रतिद्वन्द्वी रियल म्याड्रिडलाई हराउने क्रममा महिला टोलीले ९१ हजार ५५३ जना दर्शक बटुल्न सफल भएको थियो ।
गत सिजन ट्रेबल जितेको स्पेनिस च्याम्पियनले खेलको १० मिनेटमा नै २–० को अग्रता बनाएको थियो । ऐटाना बोनमाटी र क्यारोलिनले बार्सिलोलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि जेनी हरमोसो र कप्तान एलेक्सिया पुटेलासले बार्साको अग्रता फराकिलो पारे । वुल्फ्सवर्गका जिल रुडले दोस्रो हाफमा एक गोल फर्काए पनि पुटेलासले पेनाल्टीबाट गोल गर्दै ५–१ को जीत दिलाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण