२२ हजारलाई एक अर्ब पाँच करोड रुपैयाँ
सामाजिक सुरक्षा योजनाअन्तर्गत सरकारले लगभग सात प्रतिशत अर्थात् एक अर्ब पाँच करोड रुपैयाँ विभिन्न योजनाअन्तर्गत श्रमिक तथा उनीहरूका परिवारलाई भुक्तानी गरेको छ। सामाजिक सुरक्षा कोषले योगदानकर्ता श्रमिकबाट सङ्कलन गरेको १५ अर्ब ५७ करोडमध्ये विभिन्न चार योजनाअन्तर्गत एक अर्ब पाँच करोड ४५ लाख रुपैयाँ बराबरको योगदान रकम भुक्तानी गरेको हो।
कोषका सहप्रवक्ता रोहित रेग्मीले कोष रहेको रकममध्ये विभिन्न योजनाअन्तर्गत आएका दाबीअनुसार रकम भुक्तानी भएको बताए । उनले योगदानकर्ताको सङ्ख्या वृद्धिसँगै योगदान रकमसमेत वृद्धि हुने र सोहीअनुसार दाबी भुक्तानी हुने बताए। कोषले हाल सबैभन्दा बढी अवकास दाबी भुक्तानीअन्तर्गत १६ हजार ३१० जनालाई ८५ करोड ७० लाख ३९ हजार रुपैयाँ भुक्तानी गरेको जनाएको छ। यसैगरी औषधी उपचार, स्वास्थ्य तथा मातृत्व योजनाअन्तर्गत आठ हजार ५१५ जनाले पटक - पटक गरेर १५ करोड ५७ लाख २८ हजार भुक्तानी लिएका छन् । कोषमा हालसम्म १७ हजार ४४ रोजगारदाता र तीन लाख २८ हजार ४ सय ८८ योगदानकर्ता सूचीकृत भएका छन्। आजको कारोबार दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण