जिल्ला समन्वय समिति रुपन्देहीका उपप्रमुख यादव राप्रपामा प्रवेश
आइतबार, ११ वैशाख २०७९, ११ : २५
जिल्ला समन्वय समिति रुपन्देहीका उपप्रमुख पशुपतिनाथ यादव राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेका छन्। तत्कालिन संघीय समाजवादी फोरम नेपालबाट जिल्ला समन्वय समितिको उपप्रमुखमा निर्वाचित यादव यसअघि जसपा परित्याग गरी नेकपा (एमाले)मा प्रवेश गरेका थिए।
एमाले रुपन्देहीका जिल्ला कमिटी सदस्य समेत रहेका उनी एमाले परित्याग गरी आइतबार राप्रपामा प्रवेश गरेका हुन्। नेता यादवलाई राप्रपाका वरिष्ठ नेता तथा पूर्वमन्त्री दीपक बोहरा, केन्द्रीय सहायक महामन्त्री ताहिर अली, केन्द्रीय सदस्यद्वय वसन्त विक्रम शाही, स्वाती थापा, रुपन्देही जिल्ला उपाध्यक्ष अजय कुमार गुप्ता, कोषाध्यक्ष राजेश ढकाल लगायतले पार्टीमा स्वागत गरेका हुन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपको फाइनलअघि गोल्डेन बुटमा मेस्सीको कब्जा, चुनौती दिन एम्बाप्पे र केनको एक खेल बाँकी
-
स्कुटर चोरी गर्ने व्यक्ति पक्राउ
-
तनहुँको मादी पुलको काम धमाधम
-
आजबाट बृहस्पति अस्त हुँदैः कस्ता कार्य गर्न हुन्छ र के गर्न हुँदैन ?
-
इङ्ग्ल्यान्डमाथि अर्जेन्टिनाको रोमाञ्चक पुनरागमन जित, उपाधिका लागि स्पेनसँग भिड्ने
-
इन्जुरी समयमा मेस्सीकै पासमा लाउटारो मार्टिनेजको गोल: अर्जेन्टिनाले लियो २-१ को नाटकीय अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण