बुटवलको जंगलमा श्रीमान-श्रीमती मृतावस्थामा फेला
आइतबार, ११ वैशाख २०७९, १५ : १६
रुपन्देहीको बुटवल उपमहानगरपालिका–७ स्थित शिवनगर जंगलमा श्रीमान् श्रीमती मृताअवस्थामा फेला परेका छन् ।
बुटवल ११ स्थित देविनगर बस्ने ६० वर्षीय काजीमान श्रेष्ठ र उनकै श्रीमती ५५ वर्षीया कमला श्रेष्ठ मृतावस्थामा फेला परेका प्रहरीले जनाएका छ । जंगलमा शव सुकिसकेको अवस्थामा स्थानीयहरुले फेला परेपछि प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय बुटवल प्रमुख ठगबहादुर केसीले घरेदेखि बेपत्ता भएको एक महिनापछि जंगलमा मृताअवस्थामा फेला परेको जानकारी दिए ।
चैत ६ गते घरबाट हिँडेका श्रेष्ठ दम्पती घर परिवारको सम्पर्कमा नआएपछि आफन्तले खोजतलासको लागि प्रहरीको निवेदन समेत दिएका थिए । प्रहरीले शव अगाडि पोइजनका बोतल समेत फेला परेकोले आत्महत्या गरेको आशंका गरेको छ। घटनाबारे थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपको फाइनलअघि गोल्डेन बुटमा मेस्सीको कब्जा, चुनौती दिन एम्बाप्पे र केनको एक खेल बाँकी
-
स्कुटर चोरी गर्ने व्यक्ति पक्राउ
-
तनहुँको मादी पुलको काम धमाधम
-
आजबाट बृहस्पति अस्त हुँदैः कस्ता कार्य गर्न हुन्छ र के गर्न हुँदैन ?
-
इङ्ग्ल्यान्डमाथि अर्जेन्टिनाको रोमाञ्चक पुनरागमन जित, उपाधिका लागि स्पेनसँग भिड्ने
-
इन्जुरी समयमा मेस्सीकै पासमा लाउटारो मार्टिनेजको गोल: अर्जेन्टिनाले लियो २-१ को नाटकीय अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण