बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

डडेल्धुरामा एमाले र विपी काँग्रेसबीच तालमेल

आइतबार, ११ वैशाख २०७९, १८ : १६
आइतबार, ११ वैशाख २०७९

डडेल्धुराका ७ वटै पालिकामा एमाले र कर्ण मल्ल पक्षीय विपी काँग्रेसबीच तालमेल गर्ने सहमती भएको छ । स्रोतका अुनसार जिल्लाका ७ वटै स्थानीय तह भागबण्डामा समेत सहमती भएको हो ।

जस अनुसार जिल्ला सदरमुकामको अमरगढी नगरपालिकामा विपी काँग्रेसबाट हरिप्रशाद भट्ट मेयर, उपमेयरमा एमालेका यज्ञराज अवस्थी चुनाव लड्ने भएका छन् । आफूले जितेको अमरगढी एमालेले छोडेर परशुराम नगरपालिका लिएको छ । यहाँ नगर प्रमुख केशव बोहरा र उपप्रमुख एमालेकै उम्मेदवारलाई दिने सहमती भएको छ । यस्तै आलिताल गाउँपालिका पनि एमालेलाई नै दिइएको छ ।

यता अजयमेरु गाउँपालिका एमालेले अध्यक्ष पदम पाल र विपी काँग्रेसबाट उपाध्यक्ष राजेन्द्र ऐर, नवदुगामा विपी काँग्रेसबाट गोकुल शाही अध्यक्ष, तारा खाती उपाध्यक्ष लड्ने भएका छन् ।

भागेश्वर गाउँपालिका एमालेलाई नै दिएको छ भने गन्यापधुरामा विपी काँग्रेसबाट सुरेन्द्र माली अध्यक्ष एमालेबाट इन्द्रबहादुर महरा उपाध्यक्षका उम्मेदवार हुने भएको विपी काँग्रेस निकट एक नेताले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप