डडेल्धुरामा एमाले र विपी काँग्रेसबीच तालमेल
डडेल्धुराका ७ वटै पालिकामा एमाले र कर्ण मल्ल पक्षीय विपी काँग्रेसबीच तालमेल गर्ने सहमती भएको छ । स्रोतका अुनसार जिल्लाका ७ वटै स्थानीय तह भागबण्डामा समेत सहमती भएको हो ।
जस अनुसार जिल्ला सदरमुकामको अमरगढी नगरपालिकामा विपी काँग्रेसबाट हरिप्रशाद भट्ट मेयर, उपमेयरमा एमालेका यज्ञराज अवस्थी चुनाव लड्ने भएका छन् । आफूले जितेको अमरगढी एमालेले छोडेर परशुराम नगरपालिका लिएको छ । यहाँ नगर प्रमुख केशव बोहरा र उपप्रमुख एमालेकै उम्मेदवारलाई दिने सहमती भएको छ । यस्तै आलिताल गाउँपालिका पनि एमालेलाई नै दिइएको छ ।
यता अजयमेरु गाउँपालिका एमालेले अध्यक्ष पदम पाल र विपी काँग्रेसबाट उपाध्यक्ष राजेन्द्र ऐर, नवदुगामा विपी काँग्रेसबाट गोकुल शाही अध्यक्ष, तारा खाती उपाध्यक्ष लड्ने भएका छन् ।
भागेश्वर गाउँपालिका एमालेलाई नै दिएको छ भने गन्यापधुरामा विपी काँग्रेसबाट सुरेन्द्र माली अध्यक्ष एमालेबाट इन्द्रबहादुर महरा उपाध्यक्षका उम्मेदवार हुने भएको विपी काँग्रेस निकट एक नेताले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण