काउन्सिलबाट सामाजिक सञ्जालको प्रवृत्तिगत अध्ययन–१०५ वटा उल्लंघन
स्थानीय तह निर्वाचनका सन्दर्भमा निर्वाचन आचारसंहिता लागू भएको दिनदेखि प्रेस काउन्सिल नेपालले पत्रकार र सञ्चारमाध्यमका सामाजिक सञ्जालको प्रवृत्तिगत अध्ययन गर्दा १०५ वटा मा आचारसंहिता उल्लङ्घन भएको उल्लेख गरेको छ । उक्त अध्ययनबाट पत्रकार आचारसंहिता र निर्वाचन आचारसंहिता उल्लङ्घन भएको भन्दै पत्रकार तथा सञ्चारमाध्यमले कुनै राजनीतिक दलको समर्थन/विरोध नगर्न काउन्सिलले आज एक विज्ञप्तिमार्फत ध्यानाकर्षण गराएको हो ।
कतिपय अग्रज पत्रकारले समेतले यस्ता अभिव्यक्ति राखेको पाइएकाले पत्रकार आचारसंहिता र निर्वाचन आचारसंहिताप्रति ध्यान दिन काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
पत्रकार आचारसंहिता–२०७३ (पहिलो संशोधन, २०७६) को दफा १४ मा पत्रकार एवम् सञ्चारमाध्यमले प्रयोग गर्ने सामाजिक सञ्जालमा प्रवाह भएका सामग्रीको प्रवृत्तिगत अध्ययन गर्ने व्यवस्था रहेको छ । यस्तै निर्वाचन आचारसंहिता, २०७८ को दफा २२ (च) मा ‘कसैको पक्ष वा विपक्षमा एसएमएस, फेसबुक, म्यासेन्जर, ट्वीटर, भाइबर, युट्युब, इन्स्टाग्राम जस्ता विद्युतीय माध्यम प्रयोग गरी कुनै सामग्री प्रकाशन, प्रसारण वा सम्प्रेषण गर्न तथा त्यस्ता सामग्री सामाजिक सञ्जालमा सेयर, लाइक, कमेन्ट वा प्रतिकमेन्ट गर्न नहुने’ भन्ने व्यवस्था रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण