पत्रपत्रिका
१० हजार ५३३ जनाको उम्मेदवारी दर्ता
सोमबार, १२ वैशाख २०७९, ०५ : ४५
स्थानीय चुनावका लागि आइतबार देशभर गरी विभिन्न पदमा १० हजार ५३३ जनाले उम्मेदवारी दर्ता गराएका छन्। महानगरपालिका, उपमहानगरपालिका, नगरपालिकाका प्रमुख र उपप्रमुख, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, वडाध्यक्ष तथा वडा सदस्य पदका लागि साना दलका र स्वतन्त्र उम्मेदवारको मनोनयन दर्ता भएको हो।
निर्वाचन आयोगले आइतबार र सोमबारका लागि उम्मेदवार मनोनयनको समय तोकेकाले ठूला दलले अन्तिम समय कुर्दै मनोनयन दर्ता गरेका छैनन् । सत्तारुढ ५ दलीय गठबन्धनको भागबण्डा टुंगो लाग्न नसक्दा उम्मेदवारी दर्ता हुन नसकेको हो । मनोनयनको पहिलो दिन नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीलगायतले उम्मेदवारी दर्ता गराएका छैनन् । आजको नागरिक दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण