ट्याक्सीमा नयाँ भाडादर लागू
बागमती प्रदेश सरकार, श्रम रोजगार तथा यातायात मन्त्रालयले ट्याक्सीमा नयाँ भाडादर लागू गरेको छ । हालै बसेको बागमती प्रदेशको मन्त्रीस्तरीय निर्णयबाट ट्याक्सीमा नयाँ भाडादर लागू गरिएको हो । पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिका कारण बागमती प्रदेशभित्र सञ्चालन हुने ट्याक्सीमा नयाँ भाडादर लागू गरिएको श्रम, रोजगार तथा यातायात मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार यसअघि सुरु (फ्लाग डाउन)मा १४ रुपियाँ रहेको भाडादर बढेर ५० रुपियाँ पुगेको छ । त्यसमा प्रतिदुई सय मिटरमा १० रुपियाँका दरले भाडादर बढ्दै जानेछ । यो भाडादर बिहान ४ बजेदेखि राति ९ बजेसम्म लागू हुने जनाइएको छ । यस्तै विद्युतीय ट्याक्सीका लागि फ्लाग डाउन ५० रुपियाँ र प्रति दुई सय मिटरमा नौ रुपियाँका दरले बढ्दै जानेछ । रात्रिकालीन विद्युतीय ट्याक्सीका लागि सुरुको फ्लाग डाउन १३ रुपियाँ र प्रतिदुई सय मिटरमा १३ रुपियाँका दरले भाडा बढ्दै जानेछ । हाल विद्युतीय ट्याक्सी भने सञ्चालनमा छैनन् । बागमती प्रदेश श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव नेत्रप्रसाद सुवेदीले प्रदेशभरि नयाँ भाडादर निर्धारण गरेर लागू गरिएको जानकारी दिनुभयो । अब नयाँ दर्ता हुने ट्याक्सी विद्युतीय हुनुपर्ने निर्णय भएको उहाँले जानकारी दिए । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण